मोदी बने लगातार तेस्रोपटक प्रधानमन्त्री

0
336

शपथ ग्रहण गर्दै नरेन्द्र मोदी।

नयाँ दिल्ली, ९ जूनः नरेन्द्र मोदीले तेस्रोपटक प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनले राष्ट्रपति भवनमा आज (आइतबार) बेलुकी सात बजेर पन्ध्र मिनटमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका हुन्।

लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने उनी दोस्रो व्यक्ति हुन्। उनीभन्दा अघि जवाहरलाल नेहरू लगातार तेस्रोपटक (१९५२, १९५७ र १९६२) प्रधानमन्त्री बनेका थिए।

अमित शाह, राजनाथ सिँह, नितिन गडकरी र निर्मला सितारमणलाई पुनः मन्त्रिमन्डलमा स्थान दिइएको छ।

यसपटक शिवराजसिँह चौहान र मनोहर लाल खट्टरले पहिलोपटक मोदी मन्त्रिमन्डलमा स्थान पाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here