वरिष्ठ गायक/सङ्गीतकार अशोक राईलाई अजम्बरी सम्मान

0
51

दार्जिलिङ, २४ जून : सप्तरङ्गी समूह दार्जिलिङले यस वर्ष वरिष्ठ गायक-सङ्गीतकार अशोक राईलाई अजम्बरी सम्मान (लाइफटाइम अचिभ्‌मेन्ट) प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली साङ्गीतिक जगत्‌मा पुऱ्याएको दीर्घकालीन योगदानलाई उच्च कदर गर्दै राईलाई अजम्बरी सम्मान प्रदान गर्ने निर्णय गरिएको समूहका संयोजक कमल रेग्मीले जानकारी गराएका छन् ।

रेग्मीका अनुसार आउँदो २१ सेप्टेम्बरका दिन दार्जिलिङमा भव्य कार्यक्रम गरी वरिष्ठ गायक-सङ्गीतकार अशोक राईलाई अजम्बरी सम्मान प्रदान गरिनेछ ।

यस दिन राईका केही गीतहरूलगायत वरिष्ठ गीतकार रत्न समशेर थापाका गीतहरू पनि प्रस्तुत गरिनेछ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here