
दार्जिलिङ, २४ जून : सप्तरङ्गी समूह दार्जिलिङले यस वर्ष वरिष्ठ गीतकार-कवि चन्द्रमित लक्समलाई गोपाल सुब्बा स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली गीत लेखनमा पुऱ्याएको उल्लेखनीय योगदानलाई उच्च कदर गर्दै गीतकार लक्समलाई गोपाल सुब्बा स्मृति पुरस्कारप्रदानगर्ने निर्णय गरिएको समूहका संयोजक कमल रेग्मीले जानकारी गराएका छन् ।
रेग्मीका अनुसार आउँदो २१ सेप्टेम्बरका दिन दार्जिलिङमा भव्य कार्यक्रम गरी वरिष्ठ गीतकार चन्द्रमित लक्समलाई यो पुरस्कार प्रदान गरिनेछ ।
उल्लेखनीय छ, सप्तरङ्गी समूह २०१२ मा स्थापित गरिएको हो, जसले प्रत्येक वर्ष अरुणा लामा जयन्ती मनाउँदै आइरहेको छ ।