
दार्जिलिङ, २७ जूनः भारतीय सेनाको अग्निवीर जवान प्रयास गुरुङ सहिद भएका भएका छन् ।
२६ जून बिहीवारका साँझ उनी सहिद भएको जानकारी प्राप्त भएको छ । प्रयास ६/१ गोर्खा रेजिमेन्टमा कार्यरत थिए ।
जानकारीका अनुसार हिजो (बिहीवार) अपराह्न १४ डी १९५४८६ ए नम्बरको सेनाको वाहन बाघडुग्रा थाना अन्तर्गत जङ्गलीबाबा मन्दिर रोडमा दुर्घटना हुँदा अग्निवीर जवान प्रयास गुरुङ सहिद भएका हुन् ।
२००५ मा जन्मेका प्रयास गुरुङको मूल घर लामागाउँ हो, तर हाल उनका परिवार बिजनबारी बस्दै आइरहेका छन् ।
जानकारीका अनुसार प्रयास अग्निवीर योजनाअन्तर्गत २०२४ मा भारतीय सेनामा भर्ती भएका थिए ।
उनको पार्थिव शरीर आज घर ल्याइने जानकारी पाइएको छ।