
दार्जिलिङ, १३ जुलाई: पूर्व विदेश सचिव हर्षवर्धन शृङ्ला राज्यसभा सदस्य मनोनीत भएका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले पूर्व विदेश सचिव हर्षवर्धन शृङ्लासहित अधिवक्ता उज्ज्वल निकम, इतिहासकार मिनाक्षी जैन र सामाजिक कार्यकर्ता एवम् शिक्षाविद् सी. सदानन्दन मास्टरलाई राज्यसभा सदस्य मनोनीत गरेकी छन् ।
विदेश नीतिका क्षेत्रमा लामो अनुभव र पोख्त रहेका ६३ वर्षीय शृङ्ला दार्जिलिङका छोरा हुन् ।
सेवानिवृत्तपछि उनले आफ्नो कार्यक्षेत्रको केन्द्र दार्जिलिङ बनाएर दार्जिलिङ वेलफेयर सोसाइटी पनि खोलेका छन्।