विष्टले भेटे शाह, पाए फेरि आश्वासन

0
35

दार्जिलिङ, ६ अगस्तः केन्द्रीय गृहमन्त्री अमित शाहले दार्जिलिङ पहाड, तराई एवम्  डुवर्सको विशेष पहिचान र आकाङ्क्षालाई सम्मान गर्ने संवैधानिक ढाँचा निर्माण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको आश्वासन दिएको दार्जिलिङका सांसद राजु विष्टले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

विष्टका अनुसार आज ६ अगस्तका दिन उनले गृहमन्त्री शाहसँग भेट गरी दार्जिलिङ पहाड, तराई एवम् डुवर्ससँग सम्बन्धित विभिन्न प्रशासनिक र राजनीतिक विषयमा छलफल गर्नका साथै दार्जिलिङ पहाड, तराई एवम् डुवर्समा न्याय, विकास र शान्ति सुनिश्चित गर्न स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र पार्न आवश्यक रहेको जनाएका छन् ।

यस भेटवार्ताअवधि उनले यस क्षेत्रका जनताका दीर्घकालीन आकाङ्क्षालाई सम्बोधन गर्न केन्द्र सरकारको निरन्तर र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै गृहमन्त्रीलाई यस दिशामा चाँडो पाइला चालिदिने आग्रह गरेको पनि राजु विष्टले जानकारी गराएका छन् ।

आफ्नो यस आग्रहमा गृह मन्त्री शाहले गृहमन्त्रालयले यस विषयमा कार्य गरिरहेको जानकारी गराउँदै छिट्टै ठोस र सकारात्मक कदम चाल्ने आश्वासन दिएको पनि विष्टको दाबी छ ।

साथै गृहमन्त्रीसँग आजको यस बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र गृहमन्त्री अमित शाहको मार्गनिर्देशनमा दार्जिलिङ पहाड, तराई एवम् डुवर्सका जनताको उज्ज्वल भविष्यप्रति आफू अत्यन्त विश्वस्त रहेको पनि सांसद विष्टको भनाइ छ ।

गोर्खाका माग सम्बन्ध भाजपा सरकार जति नै इमानदार र प्रतिबद्ध रहेको दाबी गरिँदै आइरहे तापनि अहिलेसम्म दार्जिलिङ तराई एवम् डुवर्सको स्थायी राजनीतिक समाधान र गोर्खा जातिका छुटेका जातगोष्ठीलाई जनजातिको दर्जा दिने कार्यमा आजका दिनसम्म कुनै ठोस कार्य गरिएको छैन ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here