साहित्यकार उर्मिला घिसिङको निधन

0
43

सिलगढी, ६ अगस्तः वरिष्ठ साहित्यकार उर्मिला घिसिङ अब हामीमाझ सशरीर रहिनन् ।

आज ६ अगस्तको बेलुकी लगभग ६.५० बजे उनको निधन भएको पारिवारिक सूत्रमार्फत जानकारी पाइएको छ ।

साहित्यकार घिसिङ ७७ वर्ष पुगेकी थिइन् ।

८ जुलाई १९४८ मा मिरिकको सौरेनी चियाकमानमा जन्मेकी उर्मिला घिसिङले विद्यार्थीकालदेखि नै साहित्य लेख्न सुरु गरेकी थिइन् ।

उनका उच्छवास, घाम डुब्न लाग्दा र विम्बदृष्टि गरी तीनवटा कविता सङ्ग्रह, मृगतृष्णा एकांकी सङ्ग्रह र केही व्यक्ति केही अभिव्यक्ति लेख सङ्ग्रह प्रकाशित छन् ।

दीर्घकालीन साहित्य सेवा गरेवापत् उनी धेरै सम्मान र पुरस्कारले सम्मानित भएकी थिइन् । उनको निधनले साहित्य जगतमा शोक छाएको छ ।

साहित्यकार उर्मिला घिसिङको निधनमा दार्जिलिङ टक्स परिवार गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here