सीपी राधाकृष्णन उपराष्ट्रपति निर्वाचित

0
108

नयाँ दिल्ली, ९ सेप्टेम्बरः सीपी राधाकृष्णन उपराष्ट्रपति निर्वाचित भएका छन् ।

एनडिए उम्मेदवार राधाकृष्णनले आइएनडिआइए गठबन्धनका उम्मेदवार बी. सुदर्शन रेड्डीलाई पराजित गरी उपराष्ट्रपति निर्वाचित भएका हुन् ।

सीपी राधाकृष्णनले ४५२ मत प्राप्त गरे, जबकि बी. सुदर्शन रेड्डीले केवल ३०० मत पाए ।

आज (मङ्गलवार) भएको उपराष्ट्रपतिको चुनाउमा कुल ७६७ जना सांसदले मतदान गरे, जसमध्ये १५ मत अमान्य ठहरियो ।

यस चुनाउमा ७८२ जना सांसदलाई मतदानको अधिकार थियो ।

एनडिएन उम्मेदवार सीपी राधाकृष्णनले केही क्रस भोटिङको लाभ पाए ।

संसद परिसरको वसुन्धा भवनमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।

उल्लेखनीय छ, पछिल्लो  महिना स्वास्थ्य कारण देखाउँदै जगदीप धनखडले उपराष्ट्रपति पदबाट राजीनामा दिएपछि यो पद रिक्त भएको थियो, जसका लागि आज मतदान भएको हो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here