चर्चित गायक जुबिन गर्गको निधन

0
214

नयाँ दिल्ली, १९ सेप्टेम्बरः चर्चित गायक जुबिन गर्गको निधन भएको छ ।

५२ वर्षीय यी गायकको सिङ्गापुरमा स्कुबा ड्राइभिङ गर्दा दुर्घटनामा परी निधन भएको बताइएको छ ।

असमका क्याबिनेट मन्त्री अशोक सिङ्गलले गायक जुबिन गर्गको निधनको पुष्टि गरेका छन् ।

उनले सोसल साइट एक्स-मा लेखेका छन्, ‘हाम्रा प्रिय गायक जुबिन गर्गको असामयिक निधनले अत्यन्त दुःखी छु । असमले आवाज मात्र होइन, मुटुको धडकन गुमाएको छ । जुबिन दा, एकजना गायक मात्र थिएनन्, तर असम र राष्ट्रका गौरव थिए, जसका गीतले हाम्रो संस्कृति, हाम्रा भावना र हाम्रो आत्मालाई संसारका हरेक कुना काप्चासम्म पुऱ्याउँथे ।’ 

बलिउड, असमिया र बङ्ग्ला फिल्मका सयौँ गीतमा स्वर दिएका गायक जुबिन गर्गले २००६ मा रिलिज भएको हिन्दी फिल्म ग्याङस्टरको गीत या अलीबाट अत्यन्त चर्चा कमाएका थिए । यो गीत अत्यन्त चर्चित भएको थियो ।

यसबाहेक फिल्म कृष ३ -को गीत दिल तू ही बता र फिल्म प्यार के साइड इफेक्ट्सको जाने क्या मन बावरा गीतले पनि चर्चित बनेका थिए ।

१८ नोभेम्बर १९७२ मा असमको जोरहाटमा जन्मेका जुबिन गर्गको असमायिक निधनले सङ्गीत जगत अवाक् बनेको छ । शोकको लहर छाएको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here