चियाश्रमिकहरूमाथि लाठीचार्ज बर्बरतापूर्ण र असहनीय : विष्ट

0
105

सिलगढी, २८ सेप्टेम्बरः डुवर्सको नागेश्वरी चियाकमानका श्रमिकहरूमाथि पुलिसले गरेको लाठीचार्ज अत्यन्त बर्बरतापूर्ण र असहनीय रहेको दार्जिलिङका सांसद राजु विष्टले बताएका छन् ।

‘डुवर्सको मटेली खण्डअन्तर्गत नागेश्वरी चियाकमानका चियाश्रमिकहरूमाथि पुलिसले जुन प्रकारको निर्दयी व्यवहार देखायो, त्यसको हामी घोर निन्दा गर्छौँ ’, उनले आज आफ्नो आधिकारिक फेसबुक पेजमा नागेश्वरी चियाकमानका श्रमिकहरूमाथि बङ्गाल पुलिसले लट्ठी प्रहार गरिरहेको भिडियो पोस्ट गरी लेखेका छन्, ‘उत्कृष्ट चिया उत्पादन गर्न दिन रात पसिना बगाउने चियाश्रमिकहरूमाथि यस्तो पुलिसको यस्तो बर्बरतापूर्ण कारबाहीलाई हामी सहन गर्नेछैनौँ ।’

उल्लेखनीय छ, सरकारी एड्भाइजरी अनुसार नागेश्वरी चियाकमानका श्रमिकहरूले २० प्रतिशतको माग गर्दै सडकमा ओर्लिँदा हिजो ती चियाश्रमिकहरूमाथि पुलिसले लाठीचार्ज गरेको थियो ।

प्रतिदिन घाम पानी केही नभनी श्रम खर्चेर कमाएको आफ्नो अधिकार मागिरहेका निर्बल चियाश्रमिकहरूमाथि पुलिसले बल प्रयोग गरी लाठीचार्ज गरेको भिडियो सोसल मिडियामा भाइरल छ । राज्यका सबै चियाकमानमा यस वर्षको पूजा बोनस २० प्रतिशतको दरले दिनुपर्ने बङ्गाल सरकारले अघिबाटै एड्भाइजरी जारी गरे तापनि केही चियाकमानले उक्त एड्भाइजरीलाई अटेरी गरी २० प्रतिशत बोनस नदिने ढिट देखाइरहेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here