भाजपा दार्जिलिङ जिल्ला महासचिव सोङ्देन लेप्चाको गाडी तोडफोड

0
127

कालेबुङ, सेप्टेम्बरः भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिका महासचिव सोङ्देन लेप्चाको गाडी तोडफोड भएको छ ।

पार्क गरिराखेको डब्ल्यूबी ७९ बी ५४८४ नम्बरको वेगनआर गाडी हिजो राति तोडफोड भएको लेप्चाले जानकारी गराएका छन् । यस सम्बन्धमा उनले कालेबुङ थानामा प्राथमिकी दर्ता गराएका छन् ।

यसबारे जानकारी गराउँदै भाजपा जिल्ला महासचिव लेप्चाले लेखेका छन्, ‘हिजो २८ सेप्टेम्बरका राति मेरो गाडी डब्ल्यूबी ७९ बी ५४८४  पार्क गरिएको स्थानमा नै तोडफोड भएको छ । यो पहिलो घटना भने होइन । राजनीतिक माहोल तातिन साथै यस्ता कुकार्यहरू समय–समयमा दोहोरिरहन्छन् ।

अर्कोतर्फ उनले अहिलेघरी पहाडमा शान्ति छ भनिरहे तापनि यथार्थमा खुला धम्की दिने,  रातिका समय गाडी तोडफोड गर्ने र लुकेर पछिबाट अशब्द प्रयोग गरी गाली गर्नेजस्ता कार्य भइरहेका आरोप लगाएका छन् ।

‘पहाडमा साँचो शान्ति होइन, तर डर धम्कीको आडमा श्मशानघाटको शान्ति राखेको छ’, सोङ्देन लेप्चाले भनेका छन्, ‘यो श्मशानघाटको शान्तिको अन्त्य चाँडै हुनेछ । पहाडमा हिंसा र तोडफोडजस्ता कुकृत्य अन्त्य हुने दिन नजिकिँदैछ । मलाई दृढ विश्वास छ ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here