मिरिकको नोल डाँडामा वाहन दुर्घटना, दुईजना यात्रीको मृत्यु

0
98

मिरिक, २२ अक्टोबरःनेपालको काँकडभिट्टाबाट मिरिकतर्फ आइरहेको डब्ल्यूबी ७६ ए १३८२ नम्बरको यात्रीवाहक वाहन मिरिकको नोल डाँडामा दुर्घटना हुँदा दुईजना यात्रीको घटनास्थलमै मृत्यु भएको तथा अन्य यात्री घाइते भएको जानकारी प्राप्त भएको छ ।

यो मर्मान्तिक घटना आज अपराह्न भएको बताइएको छ ।

वाहन मूल सडकबाट सय फुटभन्दा बढी तल खसेको छ ।

स्थानीय मानिसहरू र पुलिसकर्मीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

यो समाचार तयार पारुन्जेलसम्म मृतक यात्रीको परिचय खुलिएको थिएन ।

जानकारीका अनुसार आज दुर्घटनामा परेको यो क्रुजर गाडी मिरिक – काँकडभित्ता प्रतिदिन चल्ने गर्थ्यो ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here