वार्ताकार सिंहलाई भेटेपछि शृङ्गलाले भने, ‘गोर्खाका आकाङ्क्षा पूर्ण हुने कुरामा ढुक्क छु’

0
88

दार्जिलिङ, २९ अक्टोबरः गोर्खा जातिका मुद्दा सम्बन्धमा वार्ताका लागि केन्द्र सरकारले नियुक्त गरेका वार्ताकार पङ्कज कुमार सिंहसँग राज्यसभा सांसद एवम् पूर्व विदेश सचिव हर्षवर्धन शृङ्गलाले भेट गरी बधाई दिएका छन् ।

वरिष्ठ आईपीएस (सेवानिवृत्त) पङ्कज कुमार सिंह राष्ट्रिय सुरक्षा उपसल्लाहकार हुन्, जसलाई केही दिनअघि भारत सरकारले गोर्खाका मुद्दा सम्बन्धमा वार्ताकार एवम् आफ्ना प्रतिनिधि नियुक्त गरेको थियो ।

‘पङ्कज कुमार सिंह आईपीएस (सेवानिवृत्त)-लाई भेट्न पाउँदा मलाई धेरै खुसी लागेको छ । गोर्खाका मुद्दा सम्बन्धमा उनलाई भारत सरकारले आधिकारिक वार्ताकारका रूपमा नियुक्त गरेकामा मैले बधाई दिएँ । सिंह बीएसएफका डीजी र राष्ट्रिय सुरक्षा उपसल्लाहकार हुँदादेखि म उनलाई चिन्छु ’, आज शृङ्गलाले वार्ताकार सिंहसँग भेट गरेपछि आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘उनीसँग महत्त्वपूर्ण र संवेदनशील मुद्दा सुल्झाउने प्रचुर अनुभव र क्षमता छन् । म विश्वस्त छु, उनको कार्यकालमा हाम्रो गोर्खा समुदायको आकाङ्क्षा पूर्ण हुनेछ ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here