
सिलगढी, १४ नोभेम्बर : बिहार विधानसभा चुनाउमा नेसनल डेमोक्रेटिक एलाइन्सको प्रचण्ड जितले उत्साहित दार्जिलिङका सांसद राजु विष्टले आउँदो वर्ष अर्थात २०२६ को बङ्गाल विधानसभा चुनाउमा भाजपाको जीत निश्चित रहेको ठोकुवा गरेका छन् ।
उनका अनुसार बिहार सेमिफाइनल थियो भने बङ्गाल फाइनल हुनेछ ।
‘जसरी बिहारका जनताले जिताएका छन्, त्यसरी नै बङ्गालका जनताले पनि २०२६ मा निश्चित भाजपाले जिताउने छन्’, एएनआईसँग कुराकानी गर्दै विष्टले थपे, ‘बिहारमा जुन ल्यान्डस्लाइड भिक्ट्री भएको छ, त्यो मोदीजीको चमत्कार हो ।’
उनको आरोप छ, तृणमूल कङ्ग्रेसले आफ्नो १५ वर्षे शासलकालमा केवल राज्यलाई लुट्ने, भ्रष्टाचार गर्ने र जनतामाथि अन्याय अत्याचार गर्ने कार्य मात्र गरेको छ, त्यसैले बङ्गालका जनता यस्तो भ्रष्ट शासनबाट मुक्ति चाहन्छन् ।


