उप्रेतीलाई चामलिङको कटाक्ष, भने – जड़सूत्रवादी

0
1096
मुख्यमन्त्री पवन चामलिङ (फाइल फोटो)। 

गान्तोक, 5 सेप्टेम्बरःसिक्किमको साक्षरता दरलाई लिएर प्रश्न गर्ने पूर्व शिक्षा मन्त्री तथा हाम्रो सिक्किम पार्टी (एचएसपी)-का नेता केएन उप्रेतीमाथि मुख्यमन्त्री पवन चामलिङ आज वर्षिएका छन्।
मुख्यमन्त्रीले केएन उप्रेतीको नाम नलिई भने,“चौबीस वर्ष अगाड़िकै सिक्किम सम्झिबस्ने एकजना जड़सूत्रवादीले सिक्किमको साक्षरता दरलाई लिएर नानाथरीका कुरा गर्दैछन्। उनलाई के थाहा, आजको सिक्किम चौबीस वर्षअघिको सिक्किम होइन। सिक्किमले विकासमा धेरै फड्को मारिसकेको छ। केरलले 93 प्रतिशत साक्षरता दर प्राप्त गर्दा पूर्ण साक्षर राज्य भनेर घोषणा गरेको थियो। सिक्किमले 96.76 प्रतिशत साक्षरता दर हुँदा पूर्ण साक्षर राज्य बनेर सार्वजनिक घोषणा गरेको हो। कतिमा पूर्ण साक्षर राज्य हुन्छ भन्ने हेक्कासमेत नराख्ने मान्छेले साक्षरता दरलाई लिएर हामीलाई प्रश्न नगर्दा हुन्छ। आज हामी एक नम्बरमा छौं, मिजोरम दुई नम्बरमा र केरल तीन नम्बरमा छ। उनले यति बुझुन्-उनले 56 प्रतिशत साक्षरता दरमा छोड़ेको सिक्किमलाई हामीले 96.76 प्रतिशत पुर्‍यायौं।” 
सिक्किमले कसरी पूर्ण साक्षरता दर प्राप्त गर्‍यो, त्यसबारे पनि मुख्यमन्त्रीले स्पष्ट पारे। राज्य सरकारले प्रौढ़ शिक्षामाथि विशेष ध्यान दिएको पनि मुख्यमन्त्रीले जिकिर गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here