दिलीप कुमार लीलावती अस्पतालमा भर्ती

0
1093
बलिवुडका ट्रेजेडी किङ दिलीप कुमार। 

मुम्बई, 5 सेप्टेम्बर : बलिवुड सुपरस्टार दिलीप कुमारको स्वास्थ्य अचानक बिग्रिँदा उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ती गरिएको छ। खबरका अनुसार उनलाई सास फेर्नमा समस्या भइरहेको डाक्टरहरूले बताएका छन्।
त्यहीं दिलीप कुमारका पारिवारिक डाक्टर रमेश शर्माले बताएअनुसार उनी  रुटिन चेकअपका लागि लीलावती अस्पताल आउनेगर्छन्। हामी यो चेकअप प्रतिवर्ष गराउने गर्छौं। घरी घरी घरबाट आउनको सट्टामा उनलाई अस्पतालमा भर्ती गराइएको हो। उनी आगामी दुई-तीनसम्म अस्पतालमै नै रहनेछन्। जब रिपोर्ट्स आउनेछ, त्यसलाई डाक्टरहरूले हेर्नेछन्। शर्माका अनुसार दिलीप कुमारलाई खोकीको समस्या थियो, जसको जाँच चलिरहेको छ। अहिले उनको अवस्था स्थिर छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here