सतर्कता नै डाइबिटीजबाट बच्ने सर्वोत्तम उपाय

0
1966
साङकेतिक फोटो

(विश्व डाइबिटीज दिवस विशेष)

डाइबिटीज अर्थात् मधुमेहको मुख्य कारण आधुनिक जीवनशैली र तनाउ हो। यो खतरनाक बिमारीबाट आज सबै उमेर र वयका मानिसहरू पीड़ित छन्। 
जागरुकता र एकजुटतासँग यो बिमारीसँग लड़नका लागि विश्व मधुमेह दिवस 2018-19 कोथीम परिवार र डायबिटीजछ। 14 नोभेम्बर विश्वभरि विश्व मधुमेह दिवस मनाइन्छ भारतीय चिकित्सा अनुसन्धान परिषद्को 2017 –को रिपोर्टका अनुसार भारतमा पछिल्लो 16 वर्षमा डाइबिटीज सबैभन्दा तीव्र गतिमा फैलिएको बिमारी हो। 7.2 करोड़ मानिस यसबाट पीड़ित छन्। र गामी 2025 सम्म यो आँकड़ा 13.4 करोड़ हुने आशङ्का गरिएको छ।
घरी घरी पिसाब आइरहनु, तिर्खा लागिरहनु र भोक बढ़्नु आदि ब्लड सुगरका लक्षण हुन्। डाइबिटीज हुने दुईवटा कारण प्रमुख छन्पहिलो शरीरमा इन्सुलिन बनिन बन्द हुनु। दोस्रोशरीरमा इन्सुलिनको प्रभाव कम्ती हुनु। दुवै परिस्थितिमा शरीरमा ग्लुसकोजको मात्रा बढ़्छ। डाइबिटीजका रोगीहरूले आफ्नो भोजनमा विशेष ध्यान दिनुपर्छ। यो रोग उमेरको अन्तिम अवस्थासम्म रहन्छ। अर्थात् यसलाई नियन्त्रित गर्न त सकिन्छ तर पूर्ण रूपले निको बनाउन भने सकिँदैन। यसैले यसका खतराबाट समयमै बच्नका लागि आवश्यक सतर्कता अपनाइनु अत्यावश्यक ठहर्छ।
युवाहरूमा बढ़्दो खतरा
अन्य देशहरूमा अधिकांश डाइबिटीजबाट पीड़ित मानिस 60 वर्ष अथवा त्यसभन्दा अधिक उमेरका छन्। त्यहीं भारतम 40 देखि 59 वर्षका मानिसहरू यो बिमारीको चपेटमा सबैभन्दा बढ़ी परेका छन्। 25 वर्षभन्दा कम्ती उमेरका प्रत्येक चार युवकमध्ये एकजना यो डरलाग्दो रोगको शिकार भइरहेका छन्।
एकजुटताको लड़ाइँ
इण्टरनेशनल डाइबिटीज फेडरेशन (आइडीएफ) –का अनुसार परिवारमा चार सदस्यमध्ये एक अथवा त्योभन्दा पनि कम्ती मानिस यो बिमारीलाई लिएर सजग छन्। परिवारको तर्फबाट हुने हेरचाह,  स्वस्थ जीवनशैली, सजगता र उचित समयमा उपचारले यो बिमारीलाई पराजित गर्न सकिन्छ। जागरूकता र व्यवस्थित जीवनशैली नै यो रोगबाट बच्ने सर्वोत्तम उपाय हो।
भारतमा चिन्ताजनक स्थिति
सन्1980 मा भारतमा 1.19 करोड़ डाइबिटीजका रोगी थिए।
-2016 मा यो सङ्ख्या बढ़ेर 6.91 2017 –मा 7.2 करोड़ भयो।
-1980-को तुलनामा 2014 मा डाइबिटीज पीड़ित महिलाहरूको सङ्ख्यामा80 प्रतिशत वृद्धि भएको छ, अर्थात् 4.6 प्रतिशतदेखि यो बढ़ेर 8.3 प्रतिशत भएको छ।
पछिल्लो17 वर्षमा भारतमा सबैभन्दा तीव्र रूपले बढ़ेको बिमारी हो।
-2030 सम्म देशमा 15 करोड़ डाइबिटीज बिरामी हुने आशङ्का छ।
भारतमा डाइबिटीजले प्रतिवर्ष 51,700 महिलाको मृत्यु हुन्छ।
-2030 सम्म देशमा हुने मृत्युको सातौं प्रमुख कारण डाइबिटीज हुनेछ।
के हो डाइबिटीज?
डाइबिटीज एक यस्तो बिमारी हो, जसमा खूनमा सुगरको स्तर बढ़्छ। हाई ब्लड सुगरका लक्षण घरी घरी पिसाब आइरहन्छ, तिर्खा लागिरहन्छ तथा भोक बढ़्छ। अमेरिकामा डाइबिटीज मृत्युको आठौं र अन्धोपनको तेस्रो सबैभन्दा ठूलो कारण बनेको छ। आजभोलि पहिलाभन्दा अत्यधिक सङ्ख्यामा युवक र कहाँसम्म भने नानीहरू पनि मधुमेहबाट ग्रस्त छन्। निश्चित रूपले यसको एक ठूलो कारण पछिल्लो 4-5 दशकमध्ये चिनी, मैदा र ओजहीन खाद्य उत्पादहरूमा गरिने प्रयोग हो।
डाइबि़टीजको प्रकार
टाइप 1 डाइबिटीज
टाइप 1 डाइबिटीज बाल्यकालमा या किशोर अवस्थामा अचानक इन्सुलिनको उत्पादनको कमीले हुन्छ। यसमा इन्सुलिन हर्मोन बनिन पूर्ण रूपले बन्द हुन्छ। यस्तो कुनै एण्टीबडिजको कारणले  बिटा सेल्सले पूर्ण रूपले काम गर्न छोड़्दा हुन्छ। यस्तोमा शरीरमा ग्लूकोजको बढ़्दो मात्रालाई नियन्त्रण गर्नका लागि इन्सुलिन लगाउनुपर्ने खाँचो पर्छ। टाइप1 डाइबिटीजका रोगी धेरै कम्ती हुन्छन्।
टाइप 2 डाइबिटीज
टाइप 2 डाइबिटीज सामान्यतः 30 वर्षको उमेरपछि बिस्तारै बिस्तारै बढ़्ने बिमारी हो। यसबाट प्रभावित धेरजसो मानिसको ओजन सामान्यभन्दा धेरै हुन्छ। उनीहरूको भुँड़ी लाग्ने समस्या हुन्छ। यो धे्रैपटक आनुवांशिक हुन्छ भने धेरै मामिलामा खराब जीवनशैलीसँग सम्बन्धित हुन्छ। यसमा इन्सुलिन कम्ती मात्रामा बनिन्छ अथवा पेङ्क्रियाजले सही रूपमा काम गर्दैन। डाइबिटीजका90 प्रतिशत रोगी यसै वर्गमा पर्छन्। व्यायाम, सन्तुलित खाद्य र ओखतीले यसलाई नियन्त्रणमा राख्न सकिन्छ।
ध्यान राख्नुपर्ने कुरा
डाइबिटीज रोगीहरू शाकाहारी हुनु लाभदायक हुनसक्छ। एक अध्ययनमा पाइएअनुसार सब्जी, फल, गहुँ, सिमीजातीय सब्जीले टाइप-2 डाइबिटीज रोगीको ग्लाइसेमिक  र कोलेस्ट्रल नियन्त्रणलाई राम्रो बनाउँछ। यसले ओजन पनि कम्ती हुनसक्छ। शोधकर्ताहरूका अनुसार यस प्रकारको आहार ग्लाइसेमिक नियन्त्रण र हृदयलाई स्वास्थ्य बनाउनका लागि लाभकारी हुन्छ। यस्तो आहार निम्न संतृप्त वसा र उच्च फाइबर हुनका साथै फाइटोकेमिकल्सले परिपूर्ण हुन्छ।
डाइबिटीजका रोगीहरूले के गर्नु/के नगर्नु?
डाइबिटीजका रोगीहरूले एक डेली रूटिन बनाउनु अनिवार्य छ।
 बिहान सखारै उठ्न पर्छ।
 व्यायामका लागि समय निकाल्नु पर्छ।
 सुस्त जीवनशैलीको सट्टामा सक्रिय जीवन शैली अपनाउनु पर्छ।
 साइक्लिङ, जिमिङ, स्विमीङ जे मन पर्छ, त्यो प्रतिदिन30-40 मिनटसम्म अवश्यै गर्नुपर्छ।
 डाइबिटीज एवं हार्टको ओखती कहिले बन्द हुँदैन। यसैले रोगीले कहिले पनि औषधि खानु बन्द गर्नु हुँदैन। यी ओखतीले किडनी र लिवरमा कुनै असर पार्दैन।
 -40 वर्,को उमेरपछि सुगरको जाँच, लिपिड प्रोफाइलको जाँच, किडनी फङ्क्शन टेस्ट, लिवर फङ्क्शन टेस्ट, टीएमटी जाँच, रेटिनाको जाँच अवश्यै गर्नुपर्छ।
के खानु?
1. डाइबिटीजमा थोरै तथा सहजै पच्ने खाना खानुपर्छ।
2. डाइबिटीजमा रसयुक्त फल र मौसमी फल खानसक्छौं। ड्राइ फ्रूट्समा ओखर, बदाम आदि पनि खानसक्छौं।
3. डाइबिटीजका रोगीले दिउँसो सुत्ने, मलमूत्र आदिलाई रोक्ने कार्य हुँदैन। मासु, मदिरा र सिगरेट आदि सेवन गर्नु हुँदैन।
4. डाइबिटीज रोगीले धेरैभन्दा धेरै पानी खानुपर्छ। यस्तोमा निम्बू पानी खानु स्वास्थ्यका लागि थप लाभदायक हुनेछ।
5. डाइबिटीज रोगीलाई अत्यधिक भोक लाग्छ। घरी घरी के के खानु मन लागिरहन्छ। यदि तपाईंलाई पनि त्यस्तै भोक लागिरहे केही कम्ती खानुहोस्। हल्का भोजन खोनमा जोड़ दिनुहोस्। सलादमा काँक्रा धेरै खानुहोस्।
6. डाइबिटीज रोगीको आँखा कमजोर हुने आशङ्का सधैँ रहन्छ। यदि डाइबिटीजअवधि तपाईं आफ्नो आँखालाई कुनै असर नपरोस् भन्ने चाहनु हुन्छ भने गाजरपालकको मिश्रित रस पिउनु गर्नुहोस्। यसले आँखालाई कमजोर हुनबाट जोगाउँछ।
7. डाइबिटीजका रोगीले तोरिया, लौका, पोटल, मेवा धेरैभन्दा धेरै खानुपर्छ।
8. डाइबिटीजअवधि शलगमको सेवनले पनि रगतमा रहेको सुगरको मात्र घटाउँछ। शलगमलाई तपाईंले सलादको रूपमा मात्र होइन, तर यसलाई सब्जीको रूपमा पनि खान सक्नुहुन्छ।
डाइबिटीजको असर
डाइबिटीजको असर किडनीमा केही वर्षपछि नै शुरु हुन्छ। यसलाई रोक्नका लागि ब्लड सुगर र प्रेसर दुवैलाई नर्मल राख्नु पर्छ। ब्लड सुगरको स्तरलाई नियन्त्रणमा राखेर आँखालाई मोतीबिन्दुजस्ता  रोगबाट बचाउनसकिन्छ। डाइबिटीजका रोगी 65 वर्ष पुग्दा नपुग्दै मुटुसम्बन्धित समस्या शुरु हुनथाल्छ। यसबाट बच्नका लागि ग्लूकोज स्तरलाई नियन्त्रणमा राख्नका साथसाथै ब्लड प्रेशर, कोलेस्ट्रोल र तनाउमाथि पनि नियन्त्रण राख्न अनिवार्य छ। डाइबिटीजको कारण हार्ट अट्याक, स्ट्रोक्स, पक्षाघात, इन्फेक्शन र किडनी फेल हहुने खतरा सभैभन्दा बेसी रहन्छ। तपाईं यी खतराहरूबाट बच्नका लागि खाद्यान्नमा जोगिन आवश्यक छ। साथै प्रतिदिन बिहान व्यायाम गर्न अनिवार्य छ।
यी कुराहरू नखानुहोस्
प्याकेटमा रहेका आहार, बासी खाना, फास्ट फूड, जङ्क फूड, अत्यधिक तेलमसाला हालिएका खानाहरू खानबाट जोगिनुपर्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here