समन पाठक दार्जीलिङका माकपा उम्मेदवार

0
1485
माकपा उम्मेद्वार समन पाठक (फाइल फोटो)।

सिलगढ़ी, 19 मार्च : मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा)-ले दार्जीलिङ संसदीय क्षेत्रका लागि समन पाठकलाई उम्मेदवार बनाएको छ। माकपा समर्थित श्रमिक सङ्गठन सीटुका वर्तमानमा महासचिवसमेत रहेका समन पाठक पूर्व राज्यसभा सांसद पनि हुन्।

पार्टीले उम्मेदवार घोषणा गरेलगत्तै उनले आजैदेखि चुनाउ प्रचार शुरु गरेका छन्। माकपाले आज समन पाठकको समर्थनमा हिलकार्ट रोडमा र्‍याली निकाल्यो भने सिलगढ़ीको वार्ड नम्बर 6 -मा पार्टी कार्यालय खोलेको छ।

यता जनसंवादसँग कुराकानी गर्दै उनले भने, “पहाड़ र समतलका मुद्दाहरू बोकेर हामी जनतासमक्ष जानेछौं। पहाड़ र समतलका मानिसहरूलाई भाजपा र तृणमूल कङ्ग्रेसले केवल ढाँट्ने काम गरे। दुवै पार्टीले दार्जीलिङ का जनतालाई केवल भोट ब्याङ्कको रूपमा प्रयोग गर्ने काम गरे। पहाड़ र समतलको विकास केवल माकपाबाट सम्भव छ।”

दार्जीलिङ पहाड़को समस्याको स्थायी समाधान, पहाड़ र समतलको एकता, दार्जीलिङ पहाड़लाई उच्च क्षमताशील स्वायत्त  शासन व्यवस्था, चियाश्रमिकको रोजवृद्धि, चियाश्रमिक र सिन्कोना बगानका मानिसहरूलाई पर्जापट्टा र गोर्खा जातिलाई भाषिक अल्पसङ्ख्यकको मान्यता आदि मुद्दा बोकेर पहाड़का जनतासमक्ष जाने पनि उनले बताए।

एक प्रश्नको उत्तरमा माकपा उम्मेदवार पाठकले भने, “गोर्खा जातिलाई भाषिक अल्पसङ्ख्यको मान्यता दिनुपर्ने माग पहिलोपटक मैले सांसदमा उठाएको हुँ। 6 नोबेम्बर 2007 -मा मैले संसदमा यो मुद्दा उठाएको हुँ, तर अहिले यो मुद्दालाई विनय तामाङहरूले हाइज्याक गरेर अहिले आफ्नो मुद्दा बताइरहेका छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here