राजु विष्टलाई जीएसएसएसको समर्थन : अञ्जनी शर्माले भनिन् –ममता ब्यानर्जीलाई हराउन हामी सङ्कल्पित हुनुपर्छ

0
1435
भाजपा उम्मेद्वार राजु विष्टसँग जीएसएसएस प्रवक्ता अञ्जनी शर्मा भुजेल र बिनीता लेप्चा।

खरसाङ, 29 मार्च : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) समर्थित भाजपा उम्मेद्वार राजु विष्टलाई गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति (जीएसएसएस)-ले पनि समर्थन गरेको छ।

भाजपा उम्मेद्वारलाई जीएसएसएसले शुक्रबार समर्थन जनाएको हो। शुक्रबार जीएसएसएस प्रवक्ता र बिनीता लेप्चाले विष्टलाई भेट गरी जीएसएसएसको पक्षमा समर्थन जनाए।

यसबारे टेलिफोनिक कुराकानी गर्दै जीएसएसएसकी राष्ट्रिय प्रवक्ता अञ्जनी शर्मा भुजेलले भनिन्, ‘‘हामीले भाजपालाई समर्थन गरेको होइनौं, तर गोर्खा उम्मेद्वार राजु विष्टलाई समर्थन गरेका हौं। किनभने दार्जीलिङ पहाड़मा हामीले तृणमूल र ममता ब्यानर्जीलाई पराजित गर्नुछ। ममता ब्यानर्जीलाई पराजित गर्न हामी सङ्कल्पित हुनुपर्छ।’’

यसका साथै शर्माले भाजपा उम्मेद्वारलाई पूँजीपति भनेर अपव्याख्या गरिरहेको पनि बताइन्। ‘‘राजु विष्टलाई जसले पूँजीपति र व्यवसायी भनेर अपव्याख्या गरिरहेका छन्, उनीहरूले  राजु विष्टको मिहिनेत र जुझारूपनको अध्ययन गर्न जरूरी छ’’, उनले भनिन्।

उनका अनुसार हिजो बिहीबार जीएसएसएसले साझा सहमतिको उम्मेद्वारका लागि पहाड़का आठैजना उम्मेद्वारलाई लिएर दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)-मा एक बैठक डाकेको थियो। यद्यपि  यो बैठककमा एकैजना पनि उम्मेद्वार नआएकोले साझा सहमतिका लागि पहल गरिएको अन्तिम बैठक पनि हुनअघि नै रद्द भएको बताइन्।

उल्लेखनीय छ, सुमेटि मञ्चले पनि हिजो दार्जीलिङमा एक पत्रकार सम्मेलन आयोजन गरी भाजपा उम्मेद्वार राजु विष्टलाई समर्थन गर्ने घोषणा गरेको थियो।

भाजपा उम्मेद्वारलाई जीएसएसएसले शुक्रबार समर्थन जनाएको हो। शुक्रबार जीएसएसएस प्रवक्ता र बिनीता लेप्चाले विष्टलाई भेट गरी जीएसएसएसको पक्षमा समर्थन जनाए।

यसबारे टेलिफोनिक कुराकानी गर्दै जीएसएसएसकी राष्ट्रिय प्रवक्ता अञ्जनी शर्मा भुजेलले भनिन्, ‘‘हामीले भाजपालाई समर्थन गरेको होइनौं, तर गोर्खा उम्मेद्वार राजु विष्टलाई समर्थन गरेका हौं। किनभने दार्जीलिङ पहाड़मा हामीले तृणमूल र ममता ब्यानर्जीलाई पराजित गर्नुछ। ममता ब्यानर्जीलाई पराजित गर्न हामी सङ्कल्पित हुनुपर्छ।’’

उनका अनुसार हिजो बिहीबार जीएसएसएसले साझा सहमतिको उम्मेद्वारका लागि पहाड़का आठैजना उम्मेद्वारलाई लिएर दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलन (गोदुनिस)-मा एक बैठक डाकेको थियो। यद्यपि  यो बैठककमा एकैजना पनि उम्मेद्वार नआएकोले साझा सहमतिका लागि पहल गरिएको अन्तिम बैठक पनि हुनअघि नै रद्द भएको बताइन्।

उल्लेखनीय छ, सुमेटि मञ्चले पनि हिजो दार्जीलिङमा एक पत्रकार सम्मेलन आयोजन गरी भाजपा उम्मेद्वार राजु विष्टलाई समर्थन गर्ने घोषणा गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here