पीआर प्रधानको शव यात्रामा सहभागी हजारौं मानिसले दिए श्रद्धाञ्जली

0
1473
मङ्गलवार स्व पीआर प्रधानको अन्तिम शव यात्रामा सामेल मानिसहरूको बाक्लो भीड़।

कालेबुङ, 4 सेप्टेम्बर : हजारौं मानिसहरूको सहभागिताबीच युएमआइका पूर्व प्राचार्य एवं शिक्षाविद् पञ्च रत्न प्रधान (पीआर प्रधान)-को मङ्गलवार अन्तिम संस्कारमा गरियो। अन्तिम दर्शन र शव यात्रामा सामेल हुन कालेबुङलगायत बाहिरका मानिसहरू बाक्लो सङ्ख्या मानिसहरू जुटेका थिए। उनीहरूले प्रिय पीआर प्रधानलाई अश्रुपूर्ण विदाई दिए।
उल्लेखनीयहोस्, दार्जीलिङ गोर्खा पार्तव्य परिषद् (दागोपाप)-को गठनअघि दार्जीलिङ जिल्लाका सभाधिपतिसमेत बनेका उनले शिक्षा र राजनीतिबाट गोर्खा समाजमा विशिष्ट स्थान बनाएका थिए। अन्तिम शव यात्रा एसयुएमआइको ब्याण्डसँग सम्मानपूर्वक निकालिएको थियो। आज शव यात्रा शुरु गर्नअघि घरमा सेवाकाइ गरिएपछि अन्तिम दर्शनका लागि एसयुएमआइको प्राङ्गणमा राखिएको थियो, जहाँ उनलाई उपस्थित हजारौं मानिसले श्रद्धाञ्जलि अर्पण गरे। यसपछि स्थानीय म्याकफार्लेन चर्चमा अन्तिम सेवा गरिएपछि ईशाई धर्मअनुसार स्व प्रधानको शवलाई दफ्नाइयो। आज उनलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न  राजनीतिक, शैक्षिक, सामाजिक क्षेत्रका मानिसहरूसँगै कालेबुङका आम मानिसहरू बाक्लो सङ्ख्यामा जुटेका थिए। स्मरणरहोस्, एसयुएमआइका पूर्व प्राचार्य पीआर प्रधानको गत2 सेप्टेम्बरको अपरान्ह सिलगढ़ीको एक निजी नर्सिङहोममा मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here