विनयपन्थी गोजमुमोका ४० परिवार गोरामुमोमा सामेल

0
1037
गोरामुमोमा सामेल भएकाहरूलाई स्वागत जनाउँदै निमा लामा।

खरसाङ, ३१ मार्च :  विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चाका  ४० परिवारले पार्टी त्यागेर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) -मा सामेल भएका छन्। सामेल हुनेहरू सुकना क्षेत्रको रहेको बताइएको छ।

शनिबार एक कार्यक्रमबीच गोरामुमो केन्द्रिय समिति सदस्य निमा लामाले उनीहरूलाई पार्टीमा स्वागत जनाए। यसअवसरमा गोरामुमो नेता जेबी गुरुङ पनि उपस्थित थिए।

जानकारीका अनुसार विनयपन्थी गोजमुमोका वरिष्ठ कार्यकर्ता सिद्धान्त प्रधानको अगुवाइमा यी ४० परिवार  गोरामुमो सामेल भएका हुन्।

गोरामुमो मिडिया सेलले जानकारी गराएअनुसार दार्जीलिङ पहाड़मा ममता ब्यानर्जीनेतृत्व तृणमूल सरकारको घोर अन्याय-अत्याचार आफ्नै आँखाले प्रत्यक्ष देखेपछि ममतालाई साथ र समर्थन दिइरहेको विनयपन्थी गोजमुमो त्यागेर आफूहरूले गोरामुमोमा सामेल हुने निर्णय गरेको सिद्धान्त प्रधानले खुलाए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here