रोशन गिरीले भने – तन्त्र मन्त्र र धम्कीपूर्ण चिट्ठी माटोविरोधीहरूको हताशा हो

0
1823

रोशन गिरीको घरको मूल द्वारमा गरिएको कथित तन्त्र मन्त्र। 
दार्जीलिङ, 3 सेप्टेम्बर : आइतवार राति कथित प्रकारले धम्कीपूर्ण पत्रसँगै घरको मूल द्वार तन्त्र मन्त्र गरेर डर सिर्जना गरेको घटनाको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) महासचिव रोशन गिरीले तीखो शब्दमा निन्दा गरेका छन्। गिरीले यसप्रकारको तन्त्र मन्त्र र चिट्ठीमा उल्लेख गरिएको धम्कीपूर्ण बयानलाई शो-मोटोमा लिएर बङ्गाल पुलिसलगायत भारतका कुनै पनि अदालतले संज्ञान लिनुपर्ने माग गरेका छन्। साथै उनले आफ्नो घर जलाउने, र आफूलाई मार्ने भनी धम्कीपूर्ण पत्र लेख्ने व्यक्तिमाथि राज्यले नभए केन्द्रले जाँच गर्नुपर्ने थप माग गरेका छन्। उनका अनुसार यस्तो घृणित कार्यले माटोविरोधीहरू हतास बनिसकेका प्रमाणित गर्छ।
गिरीले सोमवार एक प्रेस विज्ञप्ति जारी गरी यस आशयको माग गरेका हुन्।
रोशन गिरीलाई लेखिएको धम्कीपूर्ण पत्र
आज बिहानै गिरीकी आमा उठेर गेट खोल्दा मूलद्वारमा उनले कसैले छोड़िराखेको धम्कीपूर्ण चिट्ठी पाएका थिए भने त्यसै मूलद्वारमा कथित तन्त्र मन्त्र गरी डर सिर्जना गरेको पाइएकी थिइन्। यता गिरीले यसलाई साम-दाम-दण्ड-भेद सबै हतियार चलाउँदा पनि आफूहरू जातीय चिन्हारी र माटोका लागि अडिग बसेपछि माटोविरोधीहरूले हताश भएर तान्त्रिकको प्रयोग र धम्कीको सहारा लिन पुगेको बताएका छन्। विज्ञप्तिमा उनले लेखेका छन्, “हिजो राति मेरा शत्रुहरूले धम्कीपूर्ण चिट्ठी लेख्ने र तन्त्र मन्त्र गर्नेजस्ता कुकृत्य गरेको छ। म तन्त्र मन्त्रजस्तो कुरालाई पत्याउँदिनँ, तर यस्तो कुराले मेरी बुढ़ी आमा र परिवारका बालक मनहरूको मनोविज्ञानलाई भने अवश्य प्रभाव पार्छ। यसैले यो कार्य अति नै घृणित अनि निन्दनीय कार्य हो।
गिरीले विज्ञप्तिमा थप लेखेका छन्, “जब कसैले सत्यलाई छोप्न सक्दैन, जब कसैले जातीय माटोलाई पुरै बेच्न सक्दैन, तब उसको निराशाले तान्त्रिकको शरण लिन्छ। तर्कले जित्न नसकेर अर्काको ज्यान लिने प्रण लिन्छ। आज मविरुद्धमा यही नै भयो। विगतमा ममाथि विभिन्न आरोप लगाइयो। प्रशासनिक आड़ लिएर खतरनाक मुद्दाहरू लगाइयो। मेरो परिवारलाई छताछुल्ल बनायो। मेरी वृद्धा आमालाई एकलै पारेर धम्कायो। मेरो कोठाबाट खाकीले सबै लग्यो। भोटर लिस्टबाट मेरोलगायत मेरा अध्यक्षको नाम काट्ने घृणित र असंवैधानिक काम समेत गर्‍यो। मलाई पूर्ण रूपले निमिट्यान्नै पार्न कुनै कसर बाँकी राखेन।
पत्रमा यस्तो लेखिएको छ – (जस्ताको त्यस्तै)
ऐ रोशन गिरी तँ अनि तेरो पार्टीले जसरी सुवास घिसिङलाई पहाड़बाट खेदेको थियो, तेरो अनि तेरो पार्टीको नेताहरूको पनि त्यही अवस्था हुनेछ। सुवास घिसिङको पत्नी मरेपछि उसको लासलाई पहाड़ भित्र्याउन दिएन, तहरूले जस्तो अत्याचार गरेको थियो त्यही अब हुनेछ। यदि तो दार्जीलिङ आउने चेष्टा गरिस् भने तेरो घर जलाइदिने छु अनि तेरो प्राण हाना पनि हुन सक्ने छ।
तलाई यो चेताउनी हो
दार्जीलिङको जनता।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here