प्रियङ्का चोपड़ा र निक जोन्सको सम्बन्धबिच्छेदको खबरबीच प्रियङ्का चोपड़ाले आफ्नो एक फोटो जोन्स परिवारसँग साझा गरेकी छन्।
उक्त फोटोलाई प्रियङ्काले आफ्नो सोशल मीडिया अकान्टमा शेयर गरेकी छन्। फोटो शेयर गर्दै प्रियङ्काले क्याप्सनमा लेखेकी छन्, ‘पहिलोपटक म जोन्सब्रदर्सको कन्सर्टमा आएको छु।’ साथै ह्यासट्याग फेमिली र लभसँग यो फोटो शेयर गरेकी छन्।
प्रियङ्का चोपड़ा र निक जोन्सले पछिल्लो वर्ष दिसम्बरमा जोधपुरमा विवाह गरेका थिए। यी दुईको विवाह भएको केवल चार महिना बितेको छ, तर यति छोटो समयमै सम्बन्ध बिच्छेदको खबर प्रकाशमा आउन लागेको छ।
एक इन्टरनेशनल पब्लिकेशनको रिपोर्टका अनुसार प्रियङ्का र निकले सम्बन्धबिच्छेद गर्दैछ। रिपोर्टका अनुसार यी दुई ससाना कुरामा घरी घरी बाझाबाझ गर्न थालेका छन्।
सम्बन्ध गाँसिएपछि हतार हतार विवाह गरेका यी दुईले अहिले हतारोको परिणाम पनि झेल्न थालेका छन्।
जानकारीका अनुसार सम्बन्धबिच्छेदको कारण प्रियङ्काको रिसाहा स्वाभाव हो। यद्यपि प्रियङ्काका प्रतिनिधिले प्रियङ्का-निकको सम्बन्धबिच्छेदको खबरको खण्डन गरेका छन्। ती प्रतिनिधिले यस्तो खबरलाई अफवाहको संज्ञा दिएका छन्।