शिक्षाविद् पीआर प्रधानको निधनमा विमलद्वारा शोकप्रकट

0
1355
गोजमुमो प्रमुख विमल गुरुङ (फाइल फोटो)। 

खरसाङ, 3 सेप्टेम्बर : आइतवार अपरान्ह सिलगढ़ीको एक नर्सिङ होममा निधन भएका शिक्षाविद् तथा स्कटिस युनिभर्सिटीज् मिशन इन्स्टिट्युट (एसयुएमआइ)-का पूर्व प्राचार्य पञ्च रत्न प्रधान अर्थात् पीआर प्रधानको निधनमा गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले शोक प्रकट गरेका छन्। सोमवार एक प्रेस विज्ञप्ति जारी गरी गुरुङले उनको निधनप्रति शोक प्रकट गरेका हुन्।
एसयुएमआइका पूर्व प्राचार्य तथा दार्जीलिङ जिल्लाका पूर्व सभाधिपति श्रद्धेय पञ्च रत्न प्रधान अर्थात् पीआर सरको  दुखद निधनमा सम्पूर्ण पहाड़ले एक विश्वसनीय अभिभावक गुमाएको उनले बताएका छन्। “उनी पहाड़को शैक्षिक जगतमा एउटा बट वृक्ष थिए। उनको मृत्युमा पहाड़ले एक आदर्श अभिभावक, राजनीतिज्ञ, अनि शिक्षाविद् गुमाएको छ’’ विज्ञप्तिमा गुरुङले थप लेखेका छन्, “उनी सन् 1981 –सालमा भारत राष्ट्रद्वारा शिक्षाको क्षेत्रमा सम्मानित हाम्रा धरोहर थिए। आज मलाई गोर्खा आकासबाट एउटा तारा झेरेर गएको अनुभूति भइरहेको छ।”
विमलले विज्ञप्तिमा प्रधानको निधनमा गहिरो शोक प्रकट गर्दै उनले छोड़रे गएका ‘केही बोट  केही बिरुवा’-हरूले नै भोलिको  समाजलाई समयानुकूल मूर्त रूप दिने बताएका छन्। “उनको आदर्श हामीमाझ सदैव बाँचिरहनेछ। उनको आत्माले चिर शान्ति पाओस्’’, विज्ञप्तिमा गोजमुमो प्रमुखले लेखेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here