हुएस्काविरुद्ध बार्सिलोनाको फराकिलो जीत

0
1331
 विपक्षी हुएस्काविरुद्ध गोल गरेपछि खुशी मनाउँदै मेस्सी, स्वारेज र  डेम्बेले। 
म्याड्रिड, 3 सेप्टेम्बर : डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले आइतवार मध्यराति खेलिएको खेलमा हुएस्कामाथि 8-2 को गोलअन्तरले पराजित गऱ्यो। आफ्नै घरेलु मैदान क्याम्प नाउमा खेलिएको यो खेलमा बलियो बार्साले हुएस्कालाई ह्याकुलोले मिच्दै यो फराकिलो जीत दर्ता गरेको हो। यसै सत्र ला लीगामा उक्लेको हुएस्का मेस्सीहरूअघि कमजोर देखिएको थियो। यद्यपि म्याचमा हुएस्काले नै पहिलो गोल गरेको थियो।
खेलको तेस्रो मिनटमै जुअन हर्नान्जेडले गोल गरी बार्साविरुद्ध अग्रता दिएका थिए। यद्यपि यो अग्रता धेरबेर रहेन। खोल खाएपछि आक्रामक बनेको डिफेन्डिङ च्याम्पियनका लागि स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गरे।
घरेलु टीमका लागि मेस्सी र लुइज स्वारेजले दुई-दुई तथा उस्मान डेम्बेले, इयान राकिटिक, र जोर्डी अल्बाले एक-एक गोल गरे। एक गोल विपक्षी खोलाड़ी जर्ज पोलिडोमार्फत् उपहारको रूपमा पायो। हुएस्काका लागि एक गोल एलेक्स गलारले खेलको 42औं मिनटमा गरे। पहिलो हाफ् सकिँदा गोल स्कोर 3-2 थियो। दोस्रो हाफमा बार्साले एकपछि अर्को गरी पाँच गोल थप्यो।
म्याचभरि मेस्सीहरूको प्रदर्शन हेर्न लायकको थियो। बार्साले यो खेलमा च्याम्पियन प्रदर्शन गरेको थियो। खेलमा 68 प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको बार्साका खेलाड़ीहरूले 660 पास खेलेका थिए। यसअवधि उनीहरूले विपक्षी टीमको गोलपोस्टमा 31 पटक प्रहार गरेका थिए, जसमा 15 प्रहार गोलपोस्टमा र अन्य प्रहार गोलपोस्टबाहिर रहेका थिए। यसको विपरीत  हुएस्का खेलाड़ीहरू खेलभरि केवल 308 पास खेल्दै 7 पटक बार्सिलोनाको पोस्टपोस्टमा बल प्रहार गरेका थिए, जसमा 3 वटा प्रहार गोलपोस्टमा रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here