भाजपाको मेनिफेस्टोमा दार्जीलिङका लागि विशेष उपहार हुने दाबी

0
1189
भाजपा दार्जीलिङ जिल्लाध्यक्ष मनोज देवान। (फाइल फोटो)

दार्जीलिङ, २ अप्रेल : भाजपा दार्जीलिङ जिल्लाका अध्यक्ष मनोज देवानले यसपालि भाजपाको मेनिफेस्टोमा दार्जीलिङका लागि विशेष उपहार हुने दाबी गरेका छन्।

मङ्गलबार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन्। देवानले यद्यपि विशेष उपहार के हुने हो त्यो भने स्पष्ट रूपमा खुलाएनन्।

केन्द्रमा पुनः भाजपा नै आउने र यसपटक दार्जीलिङका लागि विशेष उपहार दिने उनको दाबी छ। “केन्द्रमा भाजपा आएपछि दार्जीलिङको समस्या समाधानका लागि हामी केन्द्रिय नेतृत्वहरूसँग कुराकानी गर्न दिल्ली जानेछौं” , देवानले बताए।

उल्लेखनीय छ, भोलि चुनावी जनसभालाई सम्बोधन प्रधानमन्त्री दार्जीलिङ आउनेछन्। यो जनसभा कावाखालीमा सम्पन्न हुनेछ। मोदीले सिलगढ़ीबाट गोर्खा समुदाय र दार्जीलिङको समस्याबारे पनि सम्बोधन गर्ने आशा गरिएको छ। किनभने २०१४ –को लोकसभा चुनाउअवधि मदारीहाटमा मोदीले गोर्खा समुदायका ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिने तथा बाघडुग्रा नजिक गोसाइपुरमा ‘गोर्खाओं का सपना मेरा सपना’ भनेका थिए। यद्यपि न  ११ जातगोष्ठीले जनजातिको मान्यता पाए, न त गोर्खाको सपना पूरा भयो।

भाजपा जिल्लाध्यक्ष देवानका अनुसार भाजपा उम्मेदवार राजु विष्टको चुनाउ प्रचारका लागि स्टार प्रचारकको रूपमा सतपालजी महाराज र योगी आदित्यनाथ दार्जीलिङ पहाड़ आउनेछन्।

सतपालजी महाराजले कालेबुङ र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नक्सलबारीमा सम्पन्न चुनावी जनसभालाई सम्बोधन गर्नेछन्। त्यस्तै दार्जीलिङमा चुनावी जनसभालाई सम्बोधन गर्न स्टार प्रचारकको रूपमा स्मृति इरानी आउने सम्भावना छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here