बलिवुड अभिनेत्री प्रियङ्का चोपड़ा (फाइल फोटो) |
गान्तोक, 2 सेप्टेम्बर : बलिवुडकी चर्चित अभिनेत्री प्रियङ्का चोपड़ा आगामी 5 दिसम्बरको दिन सिक्किम आउनेछिन्। 6 दिसम्बरको दिन उनले राजधानी गान्तोकमा एउटा कार्यक्रममा सहभागिता जनाउनेछिन् भने 7 दिसम्बरको दिन उनी सिक्किमबाट फर्किनेछिन्। सरमसा उद्यानमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका पर्यटन मन्त्री उगेन टी ग्याछो भोटियाले यस आशयको जानकारी दिएका छन्।
प्रियङ्का चोपड़ाको आफ्नो होम प्रोडक्शन ‘पर्पल पेबल पिक्चर्स’ –ले सिक्किमको पृष्ठभूमिमा निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना’-को प्रीमियर शो-को निम्ति उनी सिक्किम आउने भएकी छन्। 6 दिसम्बरको दिन गान्तोकमा यो चलचित्रको प्रीमियर शो हुनेछ।
मन्त्री भोटियाले थप जानकारी दिएअनुसार यसै वर्षको अन्त तथा क्रिसमसको छेक पारेर बलिवुडका अर्का एक चर्चित अभिनेता सञ्जय दत्त पनि सिक्किम आउनेछन्। ड्रग्स तथा नशालु पदार्थविरुद्ध सिक्किमे युवाहरूलाई जागरूक गराउन सिक्किम सरकारले सञ्जय दत्तलाई राज्यमा निम्ताएको हो।