समशेर अलीको कथा सङ्ग्रह हुटिट्याउँ सार्वजनिक

0
2637
हुटिट्याउँ लोकार्पण गर्दै सञ्जय विष्ट, राजेन्द्र भण्डारी, पेम्पा तामाङ, कविता लामा र अन्य।

कालेबुङ, 2 सेप्टेम्बर :  कालेबुङका कथाकार समशेर अलीको तेस्रो कथा सङ्ग्रह हुटिट्याउँ पाठकअघि ल्याएका छन्। आइतवार एक स्थानीय एक होटेलमा आयोजित कार्यक्रमबीच अलिले हुटिट्याउँको लोकार्पण समालोचक पेम्पा तामाङ, डा. कविता लामा, कथाकार सञ्जय विष्ट र कवि सञ्जय विष्टको हातबाट गराए। कथामा पपुलर राइटिङको फ्लेबर पाइने समशेर अलीका यसभन्दा अघि बीउ भालेसोल्दती गोर्खा मोल्तो ब्योनीगरी दुई कथा सङ्ग्रह प्रकाशित छन्।
आफ्ना कथा लेखनीकै कारण उनी भारतेली नेपाली साहित्यमा परिचित छन्। लोकार्पित कथा सङ्ग्रहमाथि सुधीर छेत्री, पेम्पा तामाङ र सञ्जय विष्टले समीक्षात्मक टिप्पणी राखेका थिए।  सुधीर छेत्रीले समशेरका कथामा पपुलर र सिरियस लेखनको फ्लेबर पाउने बताए। अलीका कथाहरूले यी दुवै लेखनका बीचमा रहेर गम्भीर चुनौती दिन्छन्”, छेत्रीले आफ्नो टिप्पणीमा भने। पेम्पा तामाङले अलीका कथाहरू पाठकको रुचि अनुसार रहेको बताए। तामाङले  अलीका पूर्व कथाहरूबारे आफ्नो मन्तव्य पोखेका थिए।  
सञ्जय विष्टले शमेसर अलीलाई स-साना विषयलाई मिहिन ढङ्गमा केलाएर लेख्ने प्रयोगबादी कथाकारको रूपमा चिनाए। समशेर अलीले आफैलाई प्रयोगवादी कथाकार होइन भनेर दाबी गर्छन्, तर उनले आफूलाई अबदेखि म प्रयोगवादी कथाकार होइन भनेन भन्न पाउँदैनन्”, विष्टले भने। आफ्नो भनाइलाई बल दिन उनले पुस्तकको शीर्षकलाई उदाहरणको रूपमा अघि राखे। सञ्जय विष्टका अनुसार कथाकारहरूले आफ्नो कथासङ्ग्रहभित्रकै एउटा कथाको शीर्षकलाई लिएर पुस्तकको नाम राख्छन्। तर हुटिट्याउँ कथा सङ्ग्रहमा हुटिट्याउँशीर्षक कथा नै छैन। यो एक हिसाबले प्रयोग नै हो।
राजेन्द्र भण्डारी, टिका भाइ र  रजनी पेगाले कविता वाचन गरेको  कार्यक्रममा कालेबुङ, दार्जीलिङ, सिक्किम र डुवर्सका साहित्यकारहरूको उपस्थिति थियो। कार्यक्रमको अवसरमा वरिष्ठ नारी लेखिका साबी रूम्बालाई सम्मानित गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here