एनआरसीले गोर्खाहरूलाई सुरक्षा प्रदान गर्छ : राजु विष्ट

0
1536
ह्याप्पीभेल्लीमा चुनाउ प्रचार गर्दै भाजपा उम्मेदवार राजु विष्ट।

दार्जीलिङ, 2 अप्रेल : नेशनल रजिस्टर अव् सिटिजन्स (एनआरसी) –ले दार्जीलिङ पहाड़का गोर्खाहरूलाई खेदाउनको सट्टा अझ सुरक्षा प्रदान गर्ने भाजपाका उम्मेद्वार राजु विष्टले दाबी गरेका छन्। उनले मङ्गलबार दार्जीलिङमा पत्रकारहरूलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।

एनआरसीलाई लिएर दार्जीलिङका विपक्षी पार्टीहरूले भूल व्याख्या गरी जनतामा भ्रम सिर्जना गरिरहेको पनि विष्टले बताएका छन्।

“एनआरसीले पहाड़का मानिसहरूलाई खेदाउँछ भन्ने कुरा सत्य होइन। एनआरसी लागू भए अझ पहाड़वासी सुरक्षित हुनेछन्। किनभने बङ्ग्लादेशी अनुप्रवेशकारी सीमा तार काटेर बङ्गालमा पसिरहेका छन्। राज्य सरकारले यसलाई रोक्न कुनै काम गरेको छैन”, भाजपा उम्मेदवारले थपे, “यदि बङ्ग्लादेशी अनुप्रवेशकारी बढ़िरह्यो भने हामी अल्पसङ्ख्यक हुन्छौं। भोलिको दिनमा हामी अल्पसङ्ख्यक भयौं भने राज्य सरकारले नै हामीलाई डण्ठा लगाउँदै खेदाउँछ। एनआरसी पहाड़का सबैका लागि राम्रो हो।”

उनले भाजपा एनआरसी बङ्गालमा एनआरसी लागू गर्ने पक्षमा रहेकोले आफूहरू पनि एनआरसीको समर्थनमा रहेको बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here