नक्कली मोमो च्यालेन्ज पठाउने छात्र पुलिसको पञ्जामा

0
1135

सिलगढ़ी, 31 अगस्त :  मोमो गेमको नाममा युवतीहरूलाई डराउनका लागि च्यालेन्ज पठाएको आरोपमा सिलगढ़ी साइबर क्राइम थानाका अधिकारीहरूले एक छात्रलाई हिरासतमा लिएका छन्। केही दिनदेखि उत्तर बङ्गालका विभिन्न क्षेत्रमा मोमो गेमको च्यालेन्ज पाएपछि धेरै मानिस डराएका छन्। उनीहरूमा सन्त्रासको भाव बढ़ेको छ। 
यता, जुईजना युवतीको उजुरी सुनेपछि सिलगढ़ी साइबर क्राइम थानाका अधिकारी जाँचमा जुटेका छन्। यसपछि जलपाइगढ़ी जिल्लाबाट एक छात्रलाई हिरासतमा लिइएको छ। जाँचअवधि पुलिसले पत्तो पाएअनुसार उक्त छात्रले केही दिनअघि एक सिम कार्ड किनेका थिए। र त्यो नम्बरबाट छात्रले वाट्सएप अकाउन्ट खोलेका थिए। यसपछि आरोपी छात्रले युवतीहरूलाई डर सिर्जना गर्नका लागिहेल्लो आई एम मोमोलेखेर म्यासेज पठाउन शुरु गरे।
यता, अहिले पनि केही युवकले यस्तै प्रकारका म्यासेज पठाएर युवतीहरूलाई डराउने कार्य गरिरहेको पनि पुलिसको भनाइ छ। साइबर विशेषज्ञहरूको भनाइ छ, सिलगढ़ीमा जुन मानिसहरूले अहिलेसम्म जति पनि मोमो गेमको म्यासेज पाएका छन्, ती सबै च्यालेन्ज नक्कली हो। यसैले मोमो च्यालेन्जलाई लिएर डरानुपर्ने कुनै आवश्यकता नरहेको उनीहरूको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here