अमरसिंह राईलाई विश्वकर्म युथ एसोसिएशनको समर्थन

0
1615
पत्रकारहरूलाई सम्बोधन गर्दै विश्वकर्म युथ एसोसिएशनका पदाधिकारीहरू।

मिरिक, ५ अप्रेल : विश्वकर्म युथ एसोसिएशन मिरिक महकुमा समितिले तृणमूल उम्मेदवार अमरसिंह राईलाई समर्थन गर्ने घोषणा गरेको छ।

मिरिक महकुमा समितिका अध्यक्ष चन्दन रिजाल, सचिव लीला प्रकाश सिन्चुरी अनि प्रमुख सल्लाहकार सतीश दियालीले दार्जीलिङ पहाडी क्षेत्रको कामी समुदायको उत्थानका लागि पश्चिम बङ्गाल सरकारले विकास एवं संस्कृतिक बोर्ड प्रदान गरिदिएकोमा खुशी व्यक्त गरेका छन्।

साथै मुख्यमन्त्री ममता ब्यानर्जी र हिल तृणमूलका अध्यक्ष एलबी राईको कुशल नेतृत्वलाई आत्मसात गरी यस्तो निर्णय लिएको उनीहरूले जनाएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here