युटेरस ट्रान्सप्लान्ट कतिसम्म जोखिम?

0
1293
प्रतीकात्मक फोटो।

“म केवल 28 वर्षकी हुँ। यो उमेरमै मेरो तीनवटा अबर्शन भइसकेको छ। एउटा नानी मरेको जन्मियो। डाक्टर भन्छन्, अब म नानी जन्माउन सक्दैन। म सेरोगेसीबाट नानी जन्माउन चाहन्नँ न त कसैको नानीलाई काख लिने इच्छा छ। मलाई मेरै नानी चाहिन्छ। -मिनाक्षी भलाण्ड
गुजरातको भरुच निवासी मिनाक्षी भलाण्ड पहिलोपटक यसबारे परामर्शका लागि  शैलेश पुन्टबेकरलाई  अत्यन्त निराश थिइन्। यो अप्रेल 2017-को कुरा हो। टाउको फुट्ने गर्मीमा मिनाक्षी आफ्नी आमा र घरपरिवारसँग डा. शैलेशको अस्पताल पुगेकी थिइन्।
डा. शैलेश पुन्टबेकर देशभरि युटेरस (गर्भाशय) ट्रान्सप्लान्टका लागि चर्चित छन्। उनी पुणेको ग्यालेक्सी अस्पतालमा कार्यरत् छन्।
मिनाक्षीको गर्भमा नानी नै नबस्ने  ‘अर्र्मान सिन्ड्रोम’-नामको बिरामीले ग्रसित थिइन्। यो बिरामीमा महिलाहरूको मासिक धर्म नहुने समस्या हुन्छ। र युटेरसले वर्षौंसम्म काम गर्दैन। एकपछि अर्को धेरै ‘मिसक्यारेज’ हुनाले यो बिरामी हुन्छ। पहिलो डिलिबरीपछि युटेरसमा ‘स्कार’ अथवा खोस्रिँदा पनि यो बिरामी हुनेगर्छ।
‘अन्तराष्ट्रिय जनरल अव् अप्लाइड रिसर्च’-मा छापिएको रिपोर्टका अनुसार दुनियाँमा 15 प्रतिशत महिला बेग्ला बेग्लै कारणले आमा बन्न सक्दैनन्। जसमध्ये 3 देखि 5 प्रतिशत महिलामा युटेरसको समस्या यसपछिको कारण हुन्छ। मिनाक्षी अन्तिमपटक दुई वर्ष अघि गर्भवती भएकी थिइन्।
“मेरो सपना साँचो हुँदैछ। म अत्यन्त उत्सुकतासँग नोभेम्बरको पहिला साता पर्खेर बसेको छु’’, उनी भन्छिन्। युटेरस ट्रान्सप्लान्टपछि मिनाक्षी अहिले गर्भवती भएकी छन्। उनी पछिल्लो पाँच महिनादेखि यसै अस्पतालमा भर्ती छिन्। उनी 21 साताको गर्भवती छन्। मई 2017-मा उनको युटेरस ट्रान्सप्लान्ट भएको थियो। उनको आमाले मिनाक्षीलाई गर्भाशय दिएकी हुन्। उनकी आमा 49 वर्षकी हुन्। सामान्यतः युटेरस ट्रान्सप्लान्ट डोनरको उमेर 40 देखि 60 वर्षबीचको हुनुपर्छ।
युटेरस ट्रान्सप्लान्ट –आँकड़ा के भन्छ?
दुनियाँमा युटेरस ट्रान्सप्लान्ट अत्यन्त न्यून हुन्छ। डा. शैलेशका अनुसार विश्वभरि अहिलेसम्म केवल 26 महिलाको युटेरस ट्रान्सप्लान्ट भएको छ, जसमध्ये केवल 14 सफल भएको छ।
एक अन्य मिडिया रिपोर्टका अनुसार विश्वभरि अहिलेसम्म 42 युटेरस ट्रान्सप्लान्टको मामिला प्रकाशमा एको छ। यद्यपि युटेरस ट्रान्सप्लान्टपछि केवल 8 महिलाले गर्भधारण गरे, जसमध्ये सात महिला स्वीडेनकी हुन् भने एक महिला अमेरिकाकी। मिनाक्षी एशियामै ती पहिलो महिला हुन्, जो युटेरस ट्रान्सप्लान्टपछि गर्भवती बनेकी छन्।
डा. शैलेशका अनुसार युटेरस ट्रान्सप्लान्टको हिलो शर्त डोनर महिला आमा-दिदी अथवा बोजु हुनुपर्छ। देशमा यसबारे अहिले नै कानून बनेको छैन, किनभने साइन्सको यो विधामा अहिले उस्तो धेरै सफलता प्राप्त भइहालेको छैन।
डा. शैलेश भन्छन्, “एकपटक डोनर पाइएमा ल्याप्रस्कोपीबाट युटेरस निकालिन्छ। युटेरस ट्रान्सप्लान्टको मामिला लिभिङ ट्रान्सप्लान्टको हुन्छ। यसमा जिउँदो महिलाकै युटेरस लिन्छ। सम्पूर्ण प्रक्रियाका लागि 10-देखि 12 घण्टा लाग्छ।’’ अर्थात् अन्य अङ्ग प्रत्यार्पणजस्तो कुनै महिला मरेपछि युटेरस दान हुँदैन।
उच्च जोखिम गर्भधान
डा. शैलेशका अनुसार एकपटक  युटेरस ट्रान्सप्लान्ट भइसकेपछि लगभग एक वर्षपछि मात्र महिलाको गर्भ नानी बस्नका लागि तयार हुन्छ, त्यो पनि सामान्य प्रक्रियाले होइन।
डाक्टरहरू भन्छन्, “युटेरस ट्रान्सप्लान्टपछि सधैँ  ‘रिजेक्शन’-को खतरा रहन्छ। अर्थात् धेरजसो मामिलामा शरीर बाहिरको अङ्गलाई स्वीकार गर्दैन। यसैले एक वर्षसम्म मनिटर गर्नुपर्ने आवश्यकता रहन्छ।
युटेरस ट्रान्सप्लान्टपछि यदि महिलालाई नानी चाहिएमा एम्ब्रायो अर्थात् भ्रूणलाई ल्यापमा बनाइन्छ। त्यसपछि महिलाको बच्चादानीमा स्थापित गरिन्छ। भ्रूण बनाउनका लागि आमाको अण्डाणु र पिताको शुक्राणुको प्रयोग गरिन्छ। मिनाक्षीको मामिलामा पनि यस्तै गरियो। यसै वर्षको अप्रेल महिनाको पहिलो साता ल्यापमा तयार गरिएको भ्रूणलाई डा. शैलेश र उनको टीमले मिनाक्षीको बच्चादानीमा स्थापित गरे।
पछिल्लो पाँच महिनादेखि मिनाक्षी पुणेको ग्यालेक्सी अस्पतालमा डाक्टरहरूको निगरानीमा छन्। डा. शैलेश यस प्रकारको गर्भधारणलाई उच्च जोखिम गर्भधानको संज्ञा दिन्छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here