मालिकपक्षले ठोस निर्णय नलिएसम्म एचपीडब्ल्यूयूले गेटसभा गर्ने

0
1612

दार्जीलिङ, 30 अगस्त : चियाश्रमिकको दैनिक रोज वृद्धिका लागि मालिकपक्ष सहमतिमा नआएसम्म गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक सङ्गठन  हिमालयन प्लान्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-ले गेट मिटिङलाई जारी राख्ने निर्णय गरेको छ। बिहीवार हिमालीबेलासँग बोल्दै एचपीडब्ल्यूयूका अध्यक्ष जेबी तामाङले यस आशयका बयान दिएका हुन्। तामाङ जोइन्ट फोरमको दार्जीलिङ हिल सबकमिटीका संयोजक पनि हुन्। उनका अनुसार जोइन्ट फोरमको निरन्तर दबाउ  तथा सरकार र मालिकपक्षलाई अप्ठ्यारोमा पार्ने निरन्तर आन्दोलनकै कारण  चियाश्रमिकको दैनिक रोज वृद्धिका लागि सकारात्मक पहल शुरु भएको छ।
एक प्रश्नको उत्तरमा उनले कार्यक्रम जोइन्ट फोरमकै एक भाग रहेको तर अन्य दलका श्रमिक सङ्गठनहरू कतिपय चियाकमानहरूमा नभएकोले त्यस्ता चियाकमानहरूमा एचपीडब्ल्यूयू एकलैले गेट मिटिङ गरिरहेको बताए। तामाङले जानकारी गराएअनुसार एचपीडब्ल्यूयूले आगामी सोमवारदेखि पुनः खरसाङ क्षेत्रका चियाकमानहरूमा गेटसभा गर्नेछ। स्मरणरहोस्, गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –को श्रमिक सङ्गठन दार्जीलिङ, तराईडुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-पछि एचपीडब्ल्यूयूको जनाधार छ। र, पछिल्लो लगातार कार्यक्रमले चियाश्रमिकबीच एचपीडब्ल्यूयूले बलियो सम्बन्ध बनाइरहेको स्पष्ट छ।
कोलकातामा सम्पन्न त्रिपक्षीय बैठकमा जोइन्ट फोरमले राखेको 2700 क्यारोली ऊर्जाको तर्कबारे पहल गर्ने सरकारले मालिकपक्षलाई निर्देश दिएको छ”, उनले भने, “सरकारको यो निर्देशलाई हामी स्वागत जनाउँछौं, तर मालिकपक्षले यसबारे ठोस निर्णय नगरेसम्म हामी गेट मिटिङ जारी राख्नेछौं।एचपीडब्ल्यूयू अध्यक्ष जेबी तामाङले जोइन्ट फोरम चियाश्रमिकप्रति इमानदार रहेको र राजनीतिक रोटी सेक्नका लागि आन्दोलन नगरेर श्रमिकहरूले पाउनुपर्ने अधिकारका लागि लड़िरहेको दाबी गरे।हामी राजनीतिक स्वार्थ पूर्तिका लागि आन्दोलनमा होमिएका होइनौं”, तामाङले थपे, “हाम्रो लक्ष्य र उद्देश्य भनेको चरम गरीबी र अत्यधिक शोषणमा पिसिएर अभावग्रस्त जीवन बाँचिरहेका चियाश्रमिकहरूले न्यायसङ्गत र परिवार पाल्नसक्ने दैनिक रोज पाऊन् भन्ने हो।उनले कुन श्रमिक सङ्गठनले चियाश्रमिकको दैनिक रोज वृद्धिका लागि के कस्ता कार्यक्रम गरिरहेको छ भन्ने कुरा श्रमिकले स्पष्ट बुझिसकेको पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here