सुरक्षा बल (फाइल फोटो)। |
श्रीनगर, 30 अगस्त : जम्मू-कश्मीरमा बन्दिपोरा जिल्लाको हाजिन क्षेत्रमा सुरक्षा बलले दुई आतङ्कीलाई मारेको छ। यसअवधि खोजी अभियानको विरोध गरिरहेका स्थानीय मानिसहरूलाई छरपस्ट पार्नका लागि सुरक्षा बल आँसु ग्यास पनि छोड़्नका साथै लठीचार्ज गर्न बाध्य बन्यो। आधिकारिक सूत्रअनुसार जिल्लाको हाजिन क्षेत्रमा आतङ्कीहरूको लुकेर बसेको गोप्य सूचना पाएपछि 13 राष्ट्रिय राइफल्स, जम्मू-कश्मीर पुलिसको विशेष अभियान समूह (एसओजी) र केन्द्रिय रिजर्भ बल (सीआरपीएफ)-को 45औं बटालियनका जवानले आद सखारै पाँच बजी खोजी अभियान शुरु गरेका थिए।
सूत्रका अनुसार सुरक्षाले जब क्षेत्रको घेराबन्दी गरिरहेको थियो, त्यहाँ लुकेर बसेका आतङ्कीहरूले फाइरिङ शुरु गरे। सुरक्षा बलको जवाबी फाइरिङमा दुई आतङ्की मारिए। आतङ्कीहरूको घेराबन्दीलाई अझ कठोर बनाउन थप सुरक्षाबल घटनास्थलमा प्रस्थान भइसकेको छ। यसैबीच स्थानीय मानिस, जसमा धेरजसो युवा सामेल थिए, सुरक्षाबलको खोजी भियानको विरोध गर्दै भिड़न्त भएको स्थल नजिक सड़कमा प्रदर्शन गर्नका साथै सुरक्षा बलमाथि ढुङ्गामूढ़ा गरे। यो समाचार लेखुञ्जेलसम्म भिड़न्त जारी थियो।