चालकलाई कठोर सजाय दिनुपर्ने माग गर्दै थानामा विरोध प्रदर्शन

0
1401
थानामा विरोध प्रदर्शन गर्दै अरविन्दपल्लीका मानिसहरू।

सिलगढ़ी, 30 अगस्त : मङ्गलवार स्थानीय अरविन्दपल्लीमा भएको सड़क दुघर्टनालाई लिएर बिहीवार स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरे। घटनाका आरोपी चालकलाई कठोर सजाय दिनुपर्ने माग गर्दै क्षेत्रवासीले सिलगढ़ी थानामा विरोध-प्रदर्शन गरेका हुन्। मङ्गलवार बिहान एक अनियन्त्रित वाहनले धेरै मानिसलाई हिर्काएको थियो। यो घटनामा एक बालकसहित वृद्ध घाइते भएका थिए। प्राप्त जानकारी अनुसार अत्यन्त द्रूत गतिमा रहेको उक्त वाहन बिजुलीको खाँबोसँग ठोकिएपछि अनियन्त्रित भइ सड़क किनारमा रहेका मानिसहरूले हिर्काएका थिए।

यो घटनापछि आक्रोशित मानिसहरूले त्यसै दिन वाहनलाई तोड़फोड़ गरेका थिए भने पुलिसले आरोपी वाहनका चालक सौभिक सरकारलाई हिरासतमा लिएको थियो।
यसैबीच घटनासम्बन्धमा घाइते मानिसहरूका परिजनद्वारा वाहनका चालक सरकारविरुद्ध प्राथमिकी दर्ता गरिएको छ। आज क्षेत्रवासीले चालकविरुद्ध कठोर कारबाही गर्नका लागि दबाउ सिर्जना गर्न थानाअघि जुटेर विरोध प्रदर्शन गर्दै कठोर सजाय दिइनुपर्ने माग गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here