महिला हकीको फाइनलमा भारत, जापानसँग भिड़्ने

0
1022
पेनल्टी कर्नरलाई विपक्षी गोल पोस्टतिर हुऱ्याउँदै भारतकी गुरजीत कौर।

जकार्ता, 29 अगस्त : भारतीय महिला हकी टीम एसियन गेम्सको फाइनलमा पुगेको छ। बुधवार तीनपटकको च्याम्पियन चीनलाई 1-0 ले पराजित गरी भारतीय महिला हकी टीम 20 वर्षपछि पहिलोपटक फाइनलमा पुगेको हो। भारतीय टीम अन्तिपटक 1998 ब्याङ्कमा सम्पन्न एसियन गेम्समा फाइनलमा पुगेको थियो। भारतको तर्फबाट गुरजीत कौरले म्याचको 52औं मिनटमा पेनल्टी कर्नरमार्फत् गोल गरी आफ्नो टीमलाई फाइनलमा पुऱ्याइन्।  स्मरणरहोस्, भारतीय महिला हकी टीमले केवल एकपटक 1982-मा  स्वर्ण पदक जितेको थियो।
सन् 1982 –मा दिल्लीमा सम्पन्न एसियन गेम्समा पहिलोपटक महिला हकीलाई एसियन गेम्समा सामेल गरिएको थियो। फाइनलमा भारतको भिड़न्त बलियो जापानसँग हुनेछ। जापानले पाँचपटकको च्याम्पियन साउथ कोरियालाई 2-0 को गोलअन्तरले पराजित गरी फाइनलमा स्थान बनाएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here