फिल्मको रिलिज रोक्ने बङ्गाल सरकारलाई सर्वोच्चले लगायो २० लाखको जरिमाना

0
1234
सर्वोच्च न्यायालय (फाइल फोटो)।

नयाँदिल्ली/कोलकाता, १२ अप्रेल :  व्यङ्ग्यात्मक बाङ्ग्‍ला फिल्‍म ‘भविष्‍योतेर भूत’ का प्रदर्शन रोक्ने बङ्गाल सरकारमाथि बिहीबार सर्वोच्च न्यायालयले २० लाख रुपियाँको जरिमाना लगाएको छ।

यसका साथै बङ्गाल पुलिसलाई झपार्दै पुलिसी कारबाहीलाई व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रताका लागि गम्भीर खतरा बताएको छ।

न्यायमूर्ति धनञ्जय वाई चन्द्रचुड़  र न्यायमूर्ति हेमन्त गुप्ताको पीठले पश्चिम बङ्गाल पुलिसको तीखो शब्दमा आलोचना गरेको छ।  सिनेमाघरहरूबाट फिल्मको प्रदर्शनमाथि रोक लगाउने बङ्गाल पुलिसको कारबाहीलाई आवाज र वर्तमान संस्कृतिप्रति आलोचनात्मक दृष्टिकोणलाई दबाउने प्रयास बताएको छ।

यो कारबाही कानून पालन गर्ने नागरिकहरूलाई डर देखाउने कारबाही हो’, खण्डपीठले भनेको छ। साथै सर्वोतच्च न्यायालयले पश्चिम बङ्गाल सरकारलाई यो फिल्मको प्रदर्शन रोक्नका लागि कुनै प्रकारको संविधानेत्तर तरिकारो प्रयोग गर्नमाथि पनि रोक लगाएको छ।

सिनेमाघरका मालिकको सम्पत्ति संरक्षित गर्ने र दर्शकहरूको सुरक्षालाई ध्यानमा राख्नुपर्ने कुरालाई सरकारले सुनिश्चित गर्नुपर्ने पनि सर्वोच्चले भनेको छ।

पीठका अनुसार फिल्ममाथि रोक लोक अधिकारको दुरुपयोग हो। पुलिसको जिम्मेवारी कानून लागू गर्ने हो, तर यो मामिलामा बङ्गाल पुलिसले आफ्नो वैधानिक अधिकारहरूबाट बाहिर निस्केर आलोचनात्मक दृष्टिकोण र आवाजलाई दबाउने सतत् प्रयास गरेको छ।

पीठले २० लाख रुपियाँको जरिमानाको भुक्तान अभिव्यक्ति र बोल्ने स्वतन्त्रताको अधिकारको हननका लागि क्षतिपूर्तिको रूपमा फिल्म निर्माता तथा सिनेमाघरका मालिकहरूलाई गर्न पर्नेछ। न्यायालयले यसबाहेक फिल्म निर्माताहरूको मुद्दाको खर्चको रूपमा पनि एक लाख रुपियाँ दिने आदेश दिएको छ।

इन्डिबिली क्रिएटिभ प्रालि र अन्यको याचिकामाथि सर्वोच्चले सुनवाइ गरिरहेको थियो। उक्त याचिकामा राज्य सरकार र गृह विभागसहित विभिन्न विभाग तथा पुलिस आयुक्तलाई यो फिल्मको प्रदर्शनमा कुनै प्रकारको बाधा उत्पन्न हुनमा रोक लगाउन निर्देश दिने अनुरोध गरिएको थियो।

सेन्सर बोर्डले १९ नोभेम्बर २०१८ –मा यो फिल्मलाई सार्वजनिक प्रदर्शनका लागि यू/ए प्रमाण-पत्र दिएको थियो। यद्यपि यो फिल्मका केही दृश्यले मानिसहरूको भावनामा चोट पुग्ने र यसबाट कानून व्यवस्थाको समस्या खड़ा हुनसक्ने पुलिसको भनाइ थियो।

याचिकाका अनुसार यो फिल्मलाई अधिकांश सिनेमाघरबाट हटाइएको थियो। अहिलेघरी ४८   सिनेमाघरमध्ये दुईवटा मात्र यो फिल्म देखाइँदैछ।

अनिक दत्ताको निर्देशनमा बनिएको यो फिल्म १५ फरवरीमा रिलिज भएको थियो। यो फिल्ममा भूतहरूको एक समूह एक शरणार्थी शिविरमा एकजुट हुन्छन्। र वर्तमान समयमा प्रासङ्गिक हुने प्रयास गर्छन्। यी भूतहरूमा राजनेता पनि सामेल छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here