भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह (फाइल फोटो)। |
कोलकाता, 29 अगस्त : तृणमूल युवा कङ्ग्रेसका अध्यक्ष एवं पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीकी भदै अभिषेक मुखर्जीले भारतीय जनता पार्टी (भाजपा)-का अध्यक्ष अमित शाहविरुद्ध बुधवार मानहानिको मुद्दा दर्ता गरेका छन्। अभिषेकको आरोप छ, भाजपा अध्यक्षले कोलकातामा 11 अगस्तको दिन एक जनसभालाई सम्बोधन गर्ने क्रममा उनीविरुद्ध अपमानजनक बयान दिएका थिए। तृममूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जी आज मुख्य मेट्रोपोलिटन मेजिस्ट्रेटको अदालतको आठौं पीठसमक्ष उपस्थित थिए। उनले लिखित अर्जी दिँदै दाबी गरेका छन्, -शाहले उनीविरुद्ध अपमानजनक बयान दिएका थिए। मेट्रोपोलिटन मेजिस्ट्रेटले शाहलाई नोटिस पठाउने निर्देश दिएको छ।
अदालतका अनुसार अभिषेक ब्यानर्जीद्वारा दर्ता गरिएको आपराधिक मानहानिको मामिलाको सुनवाइ 28 सेप्टेम्बरमा हुनेछ। मुख्यमन्त्रीका भदैले 13 अगस्तमा शाहलाई कानुनी नोटिस पठाएर उनीसँग माफी माग्नु बताएका थिए। नोटिसमा शाहलाई भनिएको थियो, –उनले भाषणअवधि पश्चिम बङ्गालकी मुख्यमन्त्रीका ‘भदै’-विरुद्ध हल्का रूपमा इशारा गर्दै धेरै गम्भीर आरोप लगाए।
अभिषेकका उकिल सञ्जय बसुले दाबी गरेअनुसार यो ‘कीर्ते बयान’-ले आफ्ना शुभचिन्तक एवं देशका नागरिकबीच अभिषेकको प्रतिष्ठालाई गम्भीर क्षति पुगेको छ। उनका अनुसार केन्द्रबाट पश्चिम बङ्गाल राज्यलाई प्राप्त 3,59,00 करोड़ रुपियाँ या कुनै अन्य धनराशिमा कथित रूपले कुनै छलकपटमा सामेल रहेको आरोपलाई अस्वीकार गरेका छन्।