अक्षय कुमारको गोल्ड 100 करोड़को क्लबमा

0
1308

अक्षय कुमारको फिल्म गोल्ड 100 करोड़को क्लबमा सामेल भएको छ। गोल्डले बक्स अफिसमा थप अर्को रेकर्ड बनाएको छ। यो फिल्मले रिलिजको 13औं दिन 1.85 करोड़को कमाइ गऱ्यो। यसका साथै ‘गोल्ड’ 100 करोड़को क्लबमा एन्ट्री गरेको छ। गोल्डले पहिलो दिन 25 करोड़भन्दा धेरै कमाइ गरेको थियो। यो फिल्म अक्षयको 9औं फिल्म हो, जसले 100 करोड़को क्लबमा सामेल भएको छ। अक्षयभन्दा अघि केवल सलमान खान छन्, जसका 13 फिल्मले 100 करोड़भन्दा अधिक कमाइ गरेका थिए।
अब अक्षय कुमार, शाहरूख खान र अजय देवगनबीच कड़ा प्रतिस्पर्धा हुने छनक छ। शाहरूख खानका 7 फिल्म 100 करोड़को क्लबमा सामेल छन्। त्यहीं अजय देवगनका 8 फिल्म यो क्लबमा परेका छन्।
यद्यपि यो वर्षको अन्तमा यी तीनैजना स्टार्सका उत्कृष्ट फिल्म रिलिज हुँदैछ। अक्षय कुमारको ‘2.0’ .यसै वर्षको 29 नोभेम्बरमा रिलिज हुनेछ। त्यहीं अजय देवगनको ‘टोटल धमाल’ 7 दिसम्बरमा रिलिज हुनेछ। शाहरूख खानको फिल्म भने 21 दिसम्बरमा रिलिज हुने बताइएको छ। यी तीनै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्ने अनुमान लगाइँदैछ।

 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here