एफआरसी कालेबुङ जिल्ला कमिटीको सभा सम्पन्न, विनय तामाङले भने – फरवरी 2019 भित्र सबै वनबस्तीवासीले टाइटल डिड पाउनेछन्

0
1607
एफआरसी कालेबुङ जिल्ला कमिटीको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएका बीओए अध्यक्ष विनय तामाङ।

गान्तोक, 13 नोभेम्बर : गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) –का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अध्यक्ष विनय तामाङले फरवरी 2 2019 भित्र सबै वनबस्तीवासीलाई टाइटल डिड प्रदान गर्ने बताएका छन्

सोमवार कालेबुङको ट्रेजरी भवनको प्रेक्षागृहमा बसिएको फरेस्ट राइट कमिटी कालेबुङ जिल्ला कमिटीको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तामाङले यो जानकारी गराएका हुन्। उनका अनुसार फरवरी 2019 भित्र कालेबुङ र दार्जीलिङ जिल्लाअन्तर्गतका सबै वनबस्तीवासीले टाइटल डिड पाउनेछन्। विनयका अनुसार कालेबुङ जिल्लाका 701 वनबस्तीवासीलाई टाइटल डिड प्रदान गरिनेछ, जसमध्ये 246 टाइटल डिड जनजाति समुदाय तथा 455 टाइटल डिड अन्य जातगोष्ठी समुदायका मानिसहरूले पाउनेछन्।
अहिलेसम्म केवल जनजाति समुदायका मानिसहरूले टाइटल डिड पाइरहेका थिए, तर यसपटक अन्य जातगोष्ठीका समुदायले पनि अब टाइटल डिड पाउनेछन्। यो राम्रो सङ्केत हो, उनले भने। यसअघि केवल जनजाति समुदायका मानिसहरूले मात्र टाइटल डिड पाएकोले धेरै प्रश्न उठेको उनको भनाइ छ।
सबै वनबस्तीवासीले फरवरी 2019 भित्र टाइटल डिड पाउनेछन्, उनले थपे, आजसम्म नपाएको कुरा हामीले पाउन लागिरहेका छौं। 
विनयका अनुसार 701 टाइटल डिडमध्ये कालेबुङ खण्ड एकबाट 80, खण्ड दुईबाट 465  र गोरुबथान खण्डबाट 156 जनाले टाइटल डिड पाउनेछन्।
तामाङले एक प्रश्नको उत्तरमा केही ठाउँ टाइटल डिडलाई लिएर समस्या सिर्जित भएको तर त्यो समस्या चाँड़ै सुल्झाइने विश्वास व्यक्त गरे। उनका अनुसार सभामा वनबस्तीसम्बन्धित अन्य मुद्दाहरूमा पनि छलफल गरिएको थियो। बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा कालेबुका जिल्लाशासक डा. विश्वनाथले वनाधिकार र टाइटल डिडको तक्निकी पक्षबारे बुझाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here