समूह झगड़ामा तीन व्यक्तिको मृत्यु, 10 भन्दा बढ़ी घाइते

0
1189
हिंसाग्रस्त बारासातको आमडाङ्गा प्रखण्ड।

बारासात, 29 अगस्त : उत्तर 24 परगना जिल्लामा एक पञ्चायत बोर्डको गठनलाई लिएर भएको समूह सङ्घर्षमा तीनजना मानिसको मृत्यु भएको छ, जबकि 10 अन्य घाइते भएका छन्। पुलिसले बुधवार बताएअनुसार मङ्गलवार राति आमडाङ्गा प्रखण्डमा दुई समूहले एकाअर्कातिर बम फ्याँक्नका साथै फाइरिङ गरे। पुलिसले अहिले स्थिति नियन्त्रणमा रहेको बताएको छ।
तृणमूल कङ्ग्रेसका जिल्ला अध्यक्ष ज्योतिप्रिय मल्लिकले दाबी गरेअनुसार मर्ने तीन व्यक्तिमध्ये दुईजना उनको पार्टीका कार्यकर्ता हुन् भने एकजना माकपाका। साथै तृणमूल कङ्ग्रेसका 15 कार्यकर्ता घाइते भएको पनि मल्लिकको दाबी छ। अर्कोतिर यो समाचार लेखुञ्जेलसम्म माकापले कुनै प्रतिक्रिया व्यक्त गरेको थिएन।
यता, उत्तर दिनाजपुर र पुरुलिया जिल्लामा सोमवार यस्तै समूह झगड़ा हुँदा चार व्यक्ति मारिएका थिए, जबकि अन्य धेरै घाइते भएका थिए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घटनापछि शान्ति पुनर्स्थापित गर्ने मानिसहरूलाई अपील गरेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here