दार्जीलिङ विधानसभाको उप चुनाउ 19 मईमा हुने

0
1396
साङ्केतिक फोटो

दार्जीलिङ, 19 अप्रेल : आगामी 19 मईको दिन दार्जीलिङमा विधान सभाको उप चुनाउ हुनेछ। शुक्रवार चुनाउ आयोगले आफ्नो वेबसाइटमार्फत् यसको जानकारी दिएको छ।

उल्लेखनीय छ, दार्जीलिङका विधायक अमरसिंह राईले विधायक पदबाट राजीनामा दिएपछि दार्जीलिङको विधानसभा सीट रिक्त भएको छ।

चुनाउ आयोगका 19 मईमा चुनाउ भएपछि 23 मईको दिन मतगणना हुनेछ। यसै दिन लोकसभा चुनाउको मतगणना पनि हुनेछ।

यो उपचुनाउका लागि नामाङ्कन पत्र बुझाउने अन्तिम दिन 29 अप्रेल हो। 30 अप्रेलको दिन नामाङ्कन-पत्रको जाँच हुनेछ। नामाङ्कन फिर्ता लिने अन्तिम मिति 2 मई रहेको छ।

उल्लेखनीय छ, दार्जीलिङका विधायक अमरसिंह राईलाई तृणमूल कङ्ग्रेसले लोकसभाका उम्मेदवार बनाएपछि राईले विधायक पदबाट राजीनामा दिएका थिए, त्यसपछि यो पद रिक्त छ। लोकसभा चुनाउ चलिरहेको समयमा नै चुनाउ आयोगले यो रिक्त पद पूर्ण गर्न चाहन्छ। किनभने सातौं चरणमा सम्पन्न भइरहेको लोकसभा चुनाउको अन्तिम मतदान पनि 19 मईकै दिन हुनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here