एन्ड्रोइड र आइओएसमा कुन राम्रो ?

0
2046

जब स्मार्टफोनको अपरेटिङ सिस्टमको कुरा आउँछ, हाम्रो जिब्रोमा एन्ड्रोइड र आइओएसको नाम स्वतः आइहाल्छ।
एन्ड्रोइड आउन अघि आइओएसले धेरै लामो समयसम्म राज गर्‍यो। यद्यपि एन्ड्रोइड आएलगत्तै आइओएसले बलियो प्रतिद्वन्द्वी भेटायो। यसपछि यी दुईबीच कोभन्दा को राम्रो हुने भन्ने प्रतिद्वन्द्विता शुरु भएको छ। आज स्मार्टफोन चलाउनेहरूले सोच्नेगर्छन्, आखिर एन्ड्रोइड र आएओएसमा कुन राम्रो हो?
सन् 2007 -मा पहिलो आइफोन लन्च भएपछि नै एप्पल र आइओएस दुवै प्रसिद्ध भए। आइओएसमा यति धेरै फीचर थिए, त्यससमय अरू फोनमा यति धेरै फीचर थिएन। यसैले समयसँगै आइओएसप्रति मानिसहरू लोभिँदै गए। मार्केटमा पनि यसलाई टक्कर दिने कोही अर्को प्रतिद्वन्द्वी थिएन। आइओएसको यो प्रसिद्ध देखेर गुगलले पनि स्मार्टफोन मार्केटमा कदम राख्ने सोच्यो। आइओएसभन्दा दुई वर्ष अघि नै एन्ड्रोइड बनाएर तयार गरिसकेको थियो, यसले।
Android Inc नामको कम्पनीले पहिला एन्ड्रोइड तयार गरेका थियो। गुगलले यसलाई किन्यो, तर यसले धेरै चर्चा पाउनसकेन। यद्यपि यसपटक गुगलले सही तरिकाले एन्ड्रोइड लन्च गर्न चाहन्थ्यो।
ठीक एक वर्षपछि 2008-मा गुगलले आफ्नो पहिलो एन्ड्रोइड सिस्टम लन्च गर्‍यो। यसले सबैभन्दा पहिलो एन्ड्रोइड एचटीसी ड्रीम फोनसँग लन्च गरेको थियो। कम्पनीलाई आशा थियो, यसले एप्पलको आइओएसलाई कड़ा टक्कर दिनेछ, तर यो आशा विपरीत रह्यो। दोस्रोपटक गुगलको हातमा निराशा लाग्यओ। यो अन्य अपरेटिङ सिस्टमभन्दा अलग थियो। अन्य फीचरजस्तो थिएन। मानिसहरूले यसलाई धेर मन पराएनन्, त्यहीं अर्कोतिर आइओएस सबैको प्रिय बनेर अघि आइसकेको थियो। यसपछि एन्ड्रोइडले धेरै वर्ष पर्खिनु पर्‍यो। यसैबीच एन्ड्रोइड लगातार फोन लन्च गरिरह्यो। यसकारण एन्ड्रोइड बिस्तारै मानिससम्म पुगिरह्यो।
भनिन्छ, यसले असली प्रसिद्धी सन् 2010 पछि पायो। यसपछि एक यस्तो समय आयो, जसले गुगललाई साथ दियो। यसै समयको हात पक्रेर एन्ड्रोइडले बाजी मार्‍यो। आइओएस अपरेटिङ सिस्टम भएको फोनको मूल्य धेरै थियो। यसको तुलनामा एन्ड्रोइड अपरेटिङ सिस्टम भएको फोन धेरै सस्तो थियो। यो सबैखाले उपभोक्ताका हात हात पुग्न सक्यो। यसैले एन्ड्रोइड मानिसहरूबीच लोकप्रिय हुँदै गयो। केही वर्षमा नै एन्ड्रोइडले मार्केट आफूतिर तान्यो।
आँकड़ाअनुसार 2018-मा एन्ड्रोइड, आइओएसभन्दा धेरै अघि छ। वर्तमान समयमा 80 प्रतिशतभन्दा धेरै स्मार्टफोन मार्केट एन्ड्रोइडसँग छ। त्यहीं आइओएससँग 15 प्रतिशतभन्दा कम्ती मार्केट छ। यो आँकड़ाबाट स्पष्ट हुन्छ, कसरी एन्ड्रोइडले स्मार्टफोन मार्केट आफ्नो पक्षमा पार्‍यो। यद्यपि यी दुई अपरेटिङ सिस्टममध्ये कुन राम्रो हो , त्यो जान्नका लागि यी दुवैका फीचर्स जान्नु भने अनिवार्य हुनेछ।
एन्ड्रोइडका सबै कुरामा तपाईंको नियन्त्रण
आखिर एन्ड्रोइड, आइओएसभन्दा किन राम्रो छ भन्ने जान्नका लागि हामीले एन्ड्रोइडबाट प्राप्त हुने फाइदाबारे जान्न आवश्यक छ। एन्ड्रोइडको सबैभन्दा ठूलो विशेषता भनेकै यो ओपन  सोर्स सिस्टमहो। ओपन सोर्सको अर्थ, युजर (प्रयोगकर्ता)-ले आफ्नो हिसाबले एन्ड्रोइडमा परिवर्तन गर्नसक्छन्। यसैले आज एन्ड्रोइड धेरै अन्य अपरेटिङ सिस्टमसँग मिलेर पनि लन्च हुन्छ। त्यहीं एप्पलमा  कम्पनीले मात्र अपरेटिङ सिस्टम चेन्ज गर्नसक्छ।
ओपन सोर्स भएकोले एन्ड्रोइडमा उपभोक्ताले आइओएसभन्दा धेरै एप्स पाउँछन्। स्मार्टफोन उपभोक्ताको आवश्यकताअनुसारका प्रत्येक एप एन्ड्रोइड प्ले स्टोरमा पाइन्छ। यसैकारण, कस्टमाइजेशनको मामिलामा एन्ड्रोइड अघि छ। यसमा धेरै प्रकारका लन्चर र थिम्स इन्स्टल गर्नसकिन्छ। यसमार्फत् उपभोक्ता आफ्नो फोनलाई एकदमै नयाँ इन्टरफेस दिनसक्छन्। अर्कोतिर आइओएसमा यस्तो कुनै फीचर छैन।
यतिमात्र होइन, एन्ड्रोइड उपभोक्ता अन्य रोम्सपनि फोनमा इन्स्टल गर्नसक्छन्। योमार्फत् उपभोक्ताले आफ्नो फोन स्टोक अपरेटिङ सिस्टमलाई कुनै अन्य फोनको अपरेटिङ सिस्टमबाट चलाउन सक्छन्। यति मात्र होइन, एन्ड्रोइड आइओएसको तुलनामा धेरै छिट्टो नयाँ फिचरमाथि काम गर्छ। फिङ्गरप्रिन्ट सेन्सर, एनएफसी, रेटिना स्क्यानरजस्ता धेरै फिचर सबैभन्दा पहिला एन्ड्रोइड प्लेटफर्ममा नै आएको हो।
आइओएसलाई केवल एप्पलले मात्र बनाउँछ। कुनै अन्य कम्पनीसँग यसको राइटछैन। यसकारण उपभोक्तासँग केवल लिमिटेड फोनकै मात्र चान्सरहन्छ। अर्कोतिर एन्ड्रोइडलाई धेरै फोन कम्पनीले प्रयोग गर्छन्। यस्तोमा फोन किन्ने ग्राहकसँग धेरै विकल्प रहन्छ। यसकारण धेरै प्राइस रेन्जमा एन्ड्रोइड  फोन किन्नसकिन्छ। यसैले प्रत्येकले यो फोन राख्न सक्छन्। अर्कोतिर आइओएस डिभाइस एक निर्धारित दामको हुन्छ, जसलाई जो कोहीले किन्न सक्दैन। यी कुराहरू नै हो, एन्ड्रोइड प्रसिद्ध हुनुको कारण।
आइओएस पनि अरूभन्दा कमसल छैन
एन्ड्रोइडमा धेरै फिचर छन्, तर आइओएस पनि अरूभन्दा कम छैन। आइओएस निश्चय एक क्लोज्ड सोर्स सिस्टमहो, तर यो नै यसको असली ताकत पनि  हो। केवल एप्पलद्वारा चेक गरिएको एप्सले मात्र यसमा काम गर्छ। यसको सबैभन्दा ठूलो फाइदा भनेकै सेक्युरिटी र फोन परफर्मेन्स हो।
भेरिफाइड एप्स भएको कारण अपरेटिङ सिस्टममा बग्सधेरै कम्ती हुन्छ। यस्तोमा फोनले एक लामो समयसम्म राम्रो परफर्मेन्स दिन्छ। यसैकारण आइफोन प्रयोगकर्ताले धेरै कम्ती मात्रामा फोन ह्याङ भएको गुनासो गर्छन्। यति मात्र होइन यसको कारण नै उनीहरूको फोन एन्ड्रोइडभन्दा छिट्टो चल्छ। यसबाहेक सेक्युरिटीको मामिलामा पनि आइओएसलाई एन्ड्रोइडभन्दा धेरै राम्रो मानिन्छ। किनभने, यसको एप स्टोरको एप सर्टिफाइड डेभलपरले नै बनाउँछ।
एन्ड्रोइडका प्रयोगकर्तासँग गुगल असिस्टेन्टछ भने आइओएसमा सिरीछ। मानिन्छ, सिरी, अन्य सबै असिस्टेन्टभन्दा धेरै राम्रो छ। आइओएस आफ्नो रेगुलर अपडेट्सका लागि जानिन्छ। समय समयमा यसले आफ्ना प्रयोगकर्ताहरूलाई नयाँ अपडेट्स दिइरहन्छ। यसको सबैभन्दा विशेष कुरा, यो अपडेट्स सबै फोनमा पाइन्छ। एन्ड्रोइडमा प्रयोगकर्ता अपडेट्स पाउनका लागि धेरै लामो समयसम्म पर्खिन पर्छ। आज यो विज्ञापनको युगमा पनि आइओएसले आफैलाई यसबाट टाढ़ा राखेको छ। अधिकांश एन्ड्रोइड फोनमा धेरैजसो प्री इन्स्टल एप्स आउँछ। यसमा धेरैजस्तो एप त प्रयोगकर्ताका लागि कामै लाग्ने हुँदैन। यस्ता एप्स पेड हुन्छ, जो कम्पनीले फोन मेकर्सलाई आफ्नो फोनमा हाल्नका लागि दिन्छ। यति मात्र होइन, यी एप्सलाई अनइन्स्टल गर्नु पनि असम्भव हुन्छ, किनभने कम्पनीले यसलाई स्टक एप बनाउँछ, त्यहीं आइओएसमा यस्तो केही पनि हुँदैन। यसमा चयनित केही एप्स मात्र आउँछ। यसैले आइओएस डिभाइस लिनु कुनै नराम्रो कुरा होइन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here