के तपाईं सिग्रेटको लती हुनुहुन्छ र घरमा नानीहरूकै छेउमा सिग्रेट पिउनुहुन्छ? यदि त्यसो हो भने तपाईंको यस्तो व्यवहारले तपाईंको नानीको स्वास्थ्यलाई निकै हानि पुरयाउनेवाला छ।
अमेरिकाको एउटा शोधमा थाह लागेअनुसार सिग्रेट पिउने आमा-बाबुसित यदि नानी ठूलो हुन्छ भने ती नानीलाई भविष्यमा फोक्सोको प्राणघातक बिमारी हुँदछ। यो बिमारी नानीलाई पैसीब स्मोकिंगको कारणले हुनसक्दछ। सिग्रेट पिउने मानिसहरूबाट छेउछाउमा बसेका मानिसहरूले पनि अनायसै धुवाँ पिइरहेका हुन्छन् यसलाई पैसीब स्मोकिंग भनिएको छ।
शोधकर्ताहरू अनुसार एक लाख व्यस्क मानिसहरूको मृत्युमा थप् 7 जनाको मृत्यु पैसिब स्मोकिंगको कारणले भएको हुँदछ।
अमेरिका क्यान्सर सोसाइटीको अध्ययनमा 70,900 सिग्रेट नपिउने पुरूष अनि महिलाहरूलाई समावेश गराइएको थियो जसका माता अथवा पिताले सिग्रेट पिउने गर्थे।
आमा-बाबुहरूले आफ्ना नानीहरूको लागि सिग्रेट छोड़नु नै राम्रो हुन्छ भन्ने विशेषज्ञहरूको भनाइ छ। अध्ययनमा के पाइयो भने सिग्रेटका लती आमा-बाबुसित हुर्किने नानीहरूलाई अन्य प्रकारका बिमारीहरू पनि हुने गर्दछन्।
नानीहरू सातामा 10 घण्टा अथवा त्योभन्दा धेरै समयको निम्ति सिगे्रटको धुवाँमा बस्दछन् भने उसको निम्ति मुटुको रोग हुने सम्भावना 27 प्रतिशत बढ़ेर जाँदछ। त्यसैगरी मस्तिष्क आघातको आशंका 23 प्रतिशत अनि फोक्सोको प्राणघात बिमारीहरू हुने खत्रा 42 प्रतिशतसम्म बढ़न सक्दछ।
यो तुलना ती नानीहरूसित गरिएको छ – जो सिग्रेट नपिउने आमा-बाबुसित बस्ने गर्दथे। यो अध्ययन, अमेरिकी जर्नल अफ् प्रिवेंटिव मेडिसनमा प्रकाशित गरिएको छ।
अध्ययनमा समावेश गरिएका 70,900 मानिसहरूबाट ती समयको हिसाब-किताब लिइएको थियो, जब उनीहरू आफ्ना आमा-बाबुसित सिग्रेटको धुवाँबिच बस्ने गर्दथे। अघिल्लो 22 वर्षसम्म उनीहरूको स्वास्थ्यको परीक्षण गरियो।
स्मोकिंगको विरूद्ध अभियान चलाउने हेजल चेसमैनले भने-“यो नयाँ अध्ययन अभियानमा समावेश गरिएको छ। यस अध्ययनले नानीहरू भएको घरका मानिसहरूले बाहिर सिग्रेट पिउने गर्नुपर्छ भन्ने कुरो बताएको छ अनि जतिसक्दो आमा-बाबुले त स्मोकिंग छोड़नु पर्छ।“ उनले नेशनल हेल्थ सर्विसलाई नयाँ अध्ययनको डेटा पठाएका छन् अनि यस क्षेत्रमा अधिक राशि दिनको निम्ति माग गरेका छन्।
ब्रिटिश लंग फाउण्डेशनका सल्लाहकार डाक्टर निक हप्किन्सनले यसमाथि समर्थन् जनाएका छन्। उनी भन्छन् – “पैसीब स्मोकिंगको प्रभाव बाल्यकाल पछि पनि रहँदछ। स्मोकिंग छोड़ाउने सेवाहरूलाई अमेरिकी सरकारले कटौती गरिरहेको छ -यो एउटा दुर्भाग्यपूर्ण विषय हो। सिग्रेटका लत लागेका आमा-बाबु… अझ विशेष गरेर गर्भवती आमाहरूलाई सिग्रेट छोड़्नमा सहायता मिल्न पर्छ।’’
अध्ययनमा यो पनि बताइएको छ – सिग्रेट पिउने आमा-बाबुसित बस्ने नानीहरूलाई दमको रोग हुनसक्छ र फोक्सो प्रभावित हुनसक्छ।