के साँच्चै घिनलाग्दा थिए माइकल ज्याक्सन?

0
1946
माइकल ज्याक्सन (फाइल फोटो)।

 

प्रस्तुति :  परशु ढकाल
पुलिस रिपोर्टमा माइकल ज्याक्सनबारे धेरै कुरा खुलिएका छन्, जसलाई पढ़ेपछि ज्याक्सनलाई सम्झिँदा मनमा घृणाभाव जाग्छ। यद्यपि के पुलिस रिपोर्टमा खुलिएको कुरा साँचो हो तजुरीले माइकल ज्याक्सनलाई मुक्त गरेको थियो। के मुक्त हुनु नै सम्पूर्ण सत्य हुन्छ?
माइकल ज्याक्सनले आज पनि करोड़ौंको मनमा राज गरेका छन्। उनी लाखौं मानिसहरूका आदर्श थिए, तर 2016 -मा सार्वजनिक एक पुलिस रिपोर्टमा उनको एउटा यस्तो अनुहार देखिन्छ, जसलाई पढ्दा धेरैलाई घिन लाग्नसक्छ। 2003 मा पुलिसले ज्याक्सनको नेभरल्यान्डस्थित घरमा छापा मारेको थियो। यो छापामारीमा पुलिसले त्यहाँ जे भेटायो, त्यसले माइकल ज्याक्सनबारेका धेरै सत्य तथ्यलाई उजागर गर्छ।
त्यो छापामा भेटिएका वस्तुले बताउँछ, 20औं शताब्दीका महान् सिङ्गर र डान्सर माइकल ज्याक्सनलाई पोर्नको लत थियो।  उनलाई नानीहरूले पनि आकर्षित गर्थे। 2005 -मा ज्याक्सनमाथि नानीहरूसित यौन शोषण गरेको आरोपमा मामिलामा मुद्दासमेत चलेको थियो। 14 साताको सुनवाइपछि उनलाई मुक्त गरिएको थियो, तर गसिप वेबसाइट ‘रडार’ अनलाइनले त्यो मामिलासँग सम्बद्ध कतिपय तथ्य प्रकाशित गरेको थियो। पुलिसको एक रिपोर्टको आधारमा प्रकाशित गरिएका यी तथ्यअनुसार वर्ष 2003 -को नोभेम्बर महिनामा क्यालिफोर्नियामा पुलिसले ज्याक्सनको घरमा छापा मारेको थियो। छापामारी अभियानअवधि धेरै किताबपत्रिकाहरू र दस्तावेज फेला परेको थियो। पुलिस रिपोर्टमा लेखिएको छ, ‘यी दस्तावेज गैरकानुनी थिएनन्, तर यस प्रकारका चीजहरूको प्रयोग नानीहरूमाथि यौन शोषण गर्ने मानिलले आफ्नो शिकारको चाहना कम गर्नका लागि गर्छन्।’ 
सेन्टा बार्बरा काउन्टीको शेरिफ अफिसले भनेको थियो, ‘यी दस्तावेजहरू सार्वजनिक गरिएका थिएनन्। अफिसको तर्फबाट जारी गरिएको बयानमा भनिएको थियो, ‘इन्टरनेटमा जारी भएका कतिपय दस्तावेज यस्ता छन्, जसलाई शेरिफ कर्मचारीहरूले नै तयार पारेका थिए। र, फोटोहरू पनि छन्, जसलाई प्रमाणको रूपमा खिचिएको थियो। तर हाम्रो अफिसको तर्फबाट कुनै दस्तावेज अथवा फोटो मीडियालाई जारी गरिएको छैन।’ 
छापा मारेको समय जुन फोटो लिइएको थियो, त्यसमा देखिन्छ घरमा केही नग्न तस्वीरमा नानीहरूको अनुहार टाँसिएको थियोरडार अनलाइनले यस रिपोर्टमा एक जाँचकर्तालाई उद्धृत गर्दै बताएको छ। रिपोर्टअनुसार पशु र नानीहरूसित अत्याचारका फोटोहरू पनि ज्याक्सनको घरमा भेट्टाइएको थियो। रडारको रिपोर्टले भन्छ‘सेन्टा बार्बरा काउन्टीको शेरिफ अफिसले जुन दस्तावेज जुटाएको थियो त्यसमा ज्याक्सनको एउटा डरलाग्दो छवि देखिएको थियो। यी दस्तावेजहरूको हिसाबले त ज्याक्सन नशालु औषधि र यौनको लतमा परेका थिए भन्ने जानिन्छ, जसले हत्यापशुबलि र यौन शोषण गर्दै वयस्कको तस्वीरहरू जमा गरिराखेका थिए। र,  जसबाट नानीहरूलाई फकाउन सकियोस्।
माइकल ज्याक्सनमाथि 13 वर्षका नानी ग्याभिन अरविजोले यौन शोषणको आरोप लगाएका थिए। ज्याक्सन र अरविजो नजिकका थिए। 13 वर्षका अरविजाले आरोप लगाएपछि उनीमाथि मुद्दा चल्यो तर 14 साताको सुनवाइपछि उनलाई आरोपमुक्त गरियो। 
रडारको रिपोर्टलाई ज्याक्नस एस्टेटले खण्डन गर्दै भनेको थियो‘ज्याक्सनको सातौं वार्षिकीको ठीकअघि जानी जानी यस्तो रिपोर्ट प्रकाश गरिएको हो।‘ उनको तर्फबाट जारी एक बयानमा भनियो‘माइकल ज्याक्सनको नाममा हिट्स बटुल्नका लागि मानिसहरू आज पनि निर्लज्ज रूपमा लागिपरेका छन्। उनीहरूले यस कुरालाई पनि अदेखा गर्दैछन्, वर्ष 2005 मा जुरीले सबै 14 आरोपहरूबाट उनलाई मुक्त गरेको थियो। तर हदै भयो। माइकल आज आफ्नो बचाउका लागि छैनन् तर उनी आज पनि त्यति नै निर्दोष छन् जति जिउँदो हुँदा थिए। ज्याक्सनका भतिजा ताज ज्याक्सनले पनि यस रिपोर्टलाई गलत बताएका थिए। एक ट्वीटमा उनले भनेका थिएयी कुराहरू कुनै सत्य छैनन्।

 

 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here