के ब्रह्माण्डमा अर्को धरती पनि छ?

0
1450

के ब्रह्माण्डमा अर्को धरती पनि छभन्ने कुरा पत्तो लगाउने प्रयासमा वर्षौंदेखि खगोलविद्हरू लागिपरेका छन्। यसै सन्दर्भमा वैज्ञानिकहरूले ब्रह्माण्डमा अन्तरिक्ष यान पनि पठाइसकेका छन्। यसपटक वैज्ञानिकहरूले यसबारे दाबी गरेका छन्। पृथ्वीबाहेक सौरमण्डलबाहिर अन्य ग्रह (एक्सोप्लेनेट)-मा पनि पानी छयसको प्रमुख घटक हुनेसक्ने सम्भावना छ भन्ने दाबी वैज्ञानिकहरूको छ। उनीहरू यो दाबीलाई लिएर धेरै विश्वस्त पनि देखिएका छन्। यो ग्रह पृथ्वीभन्दा आकारले दुईदेखि चार गुणा ठूलो छ। वैज्ञानिकहरूले आफ्नो नयाँ शोधमा गरिएको यो दाबी भर्खरै प्रकाशमा आएको हो। यसको सम्बन्ध हाम्रो आकाशगङ्गामा जीवनसँग सम्बन्धित खोजसँग हुनसक्छ। एक्सोप्लेनेटमा पूर्वमा पनि पानी रहेको कुरा प्रकाशमा आएको छतर यो शोधमार्फत् हाम्रो सौरमण्डलबाहिर पानी भएको ग्रह हुनु सामान्य रहेको निष्कर्ष निकालिएको छ। यो शोधलाई गोल्डस्मिट सम्मेलनमा बोस्टनमेसाचुसेटमा प्रस्तुत गरिएको थियो।
नयाँ शोध एक्सोप्लेनेट केपलर स्पेस टेलिस्कोप एवं गेइया मिशनको डाटामा आधारित छ। यसबाट सङ्केत  पाइन्छ, ’धेरै ज्ञात ग्रहमा 50 प्रतिशतसम्म पानी हुनसक्छजुन पृथ्वीको पानीको मात्राभन्दा 0.02 प्रतिशत (ओजन)-ले बढ़ी हुनसक्छ।’ हावर्ड विश्वविद्यालयका प्रमुख शोधकर्ता ली जेङले भनेका छन्, “यो चकित पार्ने खालको कुरा हो। त्यहाँ यति धेरै पानी छ।” वैज्ञानिकहरूले पाएअनुसार अहिलेसम्म 4,000 एक्सोप्लेनेट खोजिसकिएको छ।

यो नयाँ शोधका लागि वैज्ञानिकहरूले गेइया उपग्रहबाट एक्सोप्लेनेटको मास मापन एवं अहिलेको त्रिज्या मापनको विश्लेषण गरेपछि एक्सोप्लेनेटको आन्तरिक संरचनाका लागि एक मोडल विकसित गरे। स्मरणरहोस्, पृथ्वीको उपग्रह चन्द्रमा र मङ्गलमा पठाइएका यानमार्फत् त्यहाँको माटोको अध्ययन गरिएको छ, जुन अध्ययनमा त्यहाँ पानी र हावा नरहेको पाइएको छ। यसकारण चन्द्रमा र मङ्गलमा जीवन सम्भव छैन। अहिले वैज्ञानिकहरूले एकपटक फेरि अन्य ग्रहहरूमा जीवन सम्भव छछैन भन्ने कुरा पत्तो लगाउन ती ग्रहहरूमा पानीको उपस्थिति खोज्ने प्रयास गरिरहेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here