अरुणाचल प्रदेश, नेपाल र तिब्बतमा भुइँचालोको झट्का

0
1107
साङ्केतिक तस्वीर (फोटो साभार-इन्टरनेट)

नयाँदिल्ली, 24 अप्रेल : अरुणाचल प्रदेशमा गए राति भुइँचालोको झट्का महसुस गरियो। अबेर राति 1.45 बजे महसुस गरिएको यो भुइँचालोको तीव्रता रिक्टर स्केलमा 6.1 मापिएको छ।

खबरका अनुसार भुइँचालोको झट्का पश्चिमी सियाङ क्षेत्रमा महसुस गरिएको हो। यद्यपि भुइँचालोबाट कुनै प्रकारको ज्यान-मालको क्षति भएको खबर प्रकाशमा आएको छैन।

भुइँचालोको केन्द्र अलोङको दक्षिण पूर्वमा लगभग 40 किलोमिटर टाढ़ा थियो। चीनको आधिकारिक समाचार एजेन्सी ‘शिन्हुआ’ –का अनुसार तिब्बतमा पनि भुइँचालोको झट्का महसुस गरिएको थियो। तिब्बत अरुणाचल प्रदेशबाट नजिकै पर्छ।

अरुणाचल प्रदेश र तिब्बतमा मात्र होइन, तर छिमेकी राष्ट्र नेपालमा पनि भुइँचालोको हल्का झट्का महसुस गरियो। नेपालमा 11 मिनटभित्र दुईपटक भुइँचालोको झट्का महसुस गरियो। पहिलो झट्का बिहान 6 बजेर 29 मिनटमा महसुस गरियो, जसको तीव्रता 5.2 थियो।

दोस्रो झट्का 6 बजेर 40 मिनटमा महसुस गरियो। यसपल्ट भुइँचालोको तीव्रता 4.3 मापिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here