‘क्रक्स’-को डुप्लिकेट चप्पल बेचेको आरोपमा व्यवसायी पक्राउ

0
2623
बुधवार कालेबुङको एक दोकानबाट बरामद गरिएका क्रक्सका डुप्लिकेट चप्पलहरू (फोटो मुकेश शर्मा)

कालेबुङ, २४ अप्रेल : डुप्लिकेट जुत्ता-चप्पल बेचेको आरोपमा बुधबार एक व्यवसायीलाई पक्राउ  गरिएको छ।

पक्रा परेका व्यवसायीको नाम अबु बखर बताइएको छ। जानकारीका अनुसार युनाइटेड ओभरसीज ट्रेड मार्क कम्पनी अमेरिकाको कोलकातास्थित एक प्रतिनिधिले कालेबुङ थानामा गरेको उजुरीको आधारमा कालेबुङ पुलिसले व्यवसायी बखरलाई पक्राउ गरेको हो।

कालेबुङ जिल्ला एन्फोर्समेन्ट ब्राञ्च र कालेबुङ पुलिसको टीमले स्थानीय सीके चोकस्थित बखरको दोकानमा छापामारी गरी १०७ जोड़ी डुप्लिकेट क्रक्स चप्पल बरामद गर्नका साथै दोकानका मालिकलाई पक्राउ गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here