अमर लामाले 26 अप्रेलमा नामाङ्कन पत्र बुझाउने

0
1732
जाप उम्मेदवार अमर लामा (फाइल फोटो)।

दार्जीलिङ, 24 अप्रेल : आगामी 19 मईको दिन सम्पन्न हुने दार्जीलिङ विधानसभाको उपचुनाउका लागि जनआन्दोलन पार्टी उम्मेदवार अमर लामाले आउँदो 26 अप्रेलको दिन आफ्नो नामाङ्कन पत्र बुझाउनेछन्।

बुधबार जाप दार्जीलिङ एकाइको बैठक सम्पन्न भयो। यसै बैठकमा 26 अप्रेलको दिन नामाङ्कन पत्र बुझाउने निर्णय गरिएको बताइएको छ।
आज जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै जाप उम्मेदवार लामाले भने, “आज आगामी उपचुनाउलाई लिएर जाप दार्जीलिङ एकाइको बैठक सम्पन्न भयो। बैठकमा नामाङ्कन पत्र बुझाउने मिति, चुनाउ प्रचार प्रसारको रणनीतिबारे विस्तृत छलफल गरियो। हामीले बैठकमा हाम्रा मुद्दाहरूलाई सूचीकृत गरेका छौं, जुन मुद्दाहरू लिएर हामी आउँदो उपचुनाउमा जनतासमक्ष जानेछौं।”

उनले चुनाउमा सहयोगका लागि जोइन्ट फोरममा सामेल कतिपय दलहरूलाई कुराकानी गर्ने पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here