उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा तनाउ, फुटाइयो टिकट काउन्टरको काँच

0
1264
सोमवार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा उत्पन्न तनाउ। 

सिलगढ़ी, 20 अगस्त : सोमवार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको वातावरण एकाएक तनाउपूर्ण बन्यो। सूत्रले बताएअनुसार तनाउको कारण कर्मचारीहरूको काम बन्द आन्दोलन थियो। कर्मचारीहरूले काम बन्द आन्दोलन गरेपछि बन्द टिकट काउन्टर अघि घण्टौं उभिँदा पनि काम नहुने देखेपछि आक्रोशित बनेका मानिसहरूले टिकट काउन्टरको काँच फुटाएर आक्रोश देखाउन शुरु गरेपछि नै यो तनाउ देखिएको थियो। यद्यपि यो घटना सुनेर मेडिकल कलेज आइपुगेको पुलिसले हस्तक्षेप गरी तनाउ शान्त हुनका साथै काम पनि सुचारु भयोे। 
प्राप्त जानकारीअनुसार बिहान सात बजीदेखि मानिसहरू टिकट काउन्टर लाइनमा उभेका थिए। धेरै समयसम्म लाइनमा उभिँदा पनि टिकट काउन्टर नखोलिएपछि उनीहरूको आक्रोश बढ़्दै गयो। लाइनमा उभिनेहरूमा उपचाराधीन रोगीका परिजनहरू पनि थिए। यस्तैमा केही मानिसले टिकट काउन्टरको काँच फुटाए।

घटनास्थलमा पुगेको पुलिसले धेरै मानिसलाई न्यायिक हिरासतमा लिनका साथै काम बन्द आन्दोलनलाई हटाउँदै काम सुचारु गर्न लगाएको थियो। काम शुरु बएपछि नै पुलिसको निगरानीमा रोगी तथा रोगीका आफन्तहरूका लागि टिकट बनाउने काम गरिएको सूत्रको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here